News Portal

राष्ट्रिय सोनाम ल्होछारको तयारी पुरा

अतिथि कलाकारहरु मिना लामा, अन्जु, जोगलाल र युबि मोंग्रेस कुवेतमा

हिमाली संचार संवाददाता
१२०५ पटक

कुवेत ३०, २०२० जनवरी : नेपाल तामाङ घेदुङ कुवेतको २८५६ औं राष्ट्रिय सोनाम ल्होछार तथा वृहत सांस्कृतिक कार्यक्रमकाे तयारी पुरा भएको कार्यक्रम संयोजक रेशम लामाले जानकारी दिए।

आउदो फेब्रुअरी ०७ तारीख २०२० शुक्रबारको दिन कुबेतको जिलिबस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा उक्त कार्यक्रमको आयोजना गरिएको छ।

तामाङ जातिको भाषा, धर्म, संस्कृति, भेषभुषाको संरक्षण र सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्यका साथ मनाउन लागेको उक्त कार्यक्रमलाई सफल पार्नको लागि नेपालबाट कुवेत आउने अतिथि कलाकारहरु गायिका मिना लामा, अन्जु लामा, जोगलाल लामा र युबि मोंग्रेस लगायत कुवेतका स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने संयोजक लामाले हिमालीसंचारलाई बताए।

साथै कुवेतमा रहेका क्रियाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थिति भई २८५६ औं राष्ट्रिय सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रमको शोभा बढाई सहयोग गरिदिन संस्थाका अध्यक्ष सुरेश ग्याबा तामाङले अनुरोध गरेका छन।

कार्यक्रम हुने:

मिति : ०७ फेब्रुअरी २०२० शुक्रबार
समय : मध्याह्न ११ बजे
स्थान : इन्डियन सेन्ट्रल स्कुल जिलिब
कार्यक्रम : २८५६ औं राष्ट्रिय सोनाम ल्होछार

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...