News Portal

गोरखाकी क्यान्सर पीडित प्रिती गुरुङले गरिन अस्पतालको शैयाबाटै सहयोगको अपिल

कमल सिंह ठकुरी
७३१ पटक

कुवेत २९, २०७६ जनवरी : गोरखा जिल्लाको आरुघाटकी २२ बर्षिया प्रिती गुरुङ यतिबेला रगत क्यान्सर भएर अस्पतालको शैयामा छटपटाइरहेकी छन।

करिब २ बर्ष पहिले भारत हुदै घरेलु कामदारको रुपमा कुवेत आएकी गुरुङलाई गएको सेप्टेम्बरमा कुवेतस्थित फर्वानिया अस्पताल पुर्‍याइएको थियोे।

उनको रगत क्यान्सर भएको अस्पताल श्रोतले बताएको कल्याणकारी यूवा समाज कुवेतका अध्यक्ष निरज सिंह ठकुरीले हिमालीसंचारलाई जानकारी दिए।

अध्यक्ष सिंहका अनुसार हाल उनी साहुसाहुनीको रेखदेखमा कुवेतको सुयोखस्थित सेखबदरी क्यान्सर अस्पतालको वार्ड – ५ को बेड नं – १० मा राखिएको छ।

उनलाई आफ्नै बुवाआमा वा, दाजुभाइ तथा दिदीबहिनिको रगत दिएमा रोग निको डाक्टरको सुझाव छ, अध्यक्ष सिंहले भने। उनलाई चाडो भन्दा चाडो स्वदेश फर्काउन हामी पनि लागि परेका छौ। हामीलाई सबैको सहयोगको खाचो छ। सकेको सहयोग गर्न सबैमा अनुरोध छ।

गुरुङको सहयोगका लागि कुवेतस्थित नेपाली राजदूतावासका अधिकारी र एनआरएन कुवेतलाई समेत जानकारी गराईसकिएको अध्यक्ष सिंहले भने।

क्यान्सर पीडित गुरुङले कुवेतमा स्थापित विभिन्न नेपाली संघसंस्थाहरु लगायत सबै सहयोगी मनहरुलाई सहयोगका लागी अनुरोध गरेकी छन।

साथै सहयोग गर्न चाहने जो कसैले पनि कल्याणकारी युवा समाज कुवेतका अध्यक्ष निरज सिंह ठकुरीको मोवाइल नम्बर +९६५६०४४७२९५ र सोही संस्थाका सांस्कृतिक बिभाग प्रमुख तथा गायक राजु थापाको मोबाइल +९६५६६९५२३३४ नम्बरमा सम्पर्क गरि सहयोग गर्न सकिने बताईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...