News Portal

प्रवासबाटै राजु गोलेले ल्याए तामाङ भाषाको मार्मिक गीत ‘ह्युल्सा दा ख्लासी’ [भिडियो सहित]

हिमाली संचार संवाददाता
१६५४ पटक

कुवेत २२, २०२० जनवरी : कुवेतलाई कर्मथलो बनाइरहेका राजु गोलेले ‘ह्युल्सा दा ख्लासी’ बोलको तामाङ भाषाको मार्मिक गीत सार्वजनिक गरेका छन।

गायक टेक घिसिङ र गायिका अन्जु थोकरको आवाज रहेको गीतमा ज्ञान कुमार घिसिङ र स्वयंम गोलेले नै शब्द कोरेका हुन भने गायक घिसिङले म्युजिक भरेका छन।

सुरेश ग्यावा तामाङको निर्देशनमा स्वयंम राजु गोले, असली मोक्तान, हिमाल लाम थिङ र बिफना लामाले गरेको अभिनयलाई आरके लुङ्बाले भिडियो खिचेका हुन।

राजु गोले नेपाल तामाङ घेदुङ कुवेतका सक्रिय सदस्य समेत हुन। उनी बिगत ४ बर्ष देखि कुवेतमा रोजगारी गर्दै आईरहेका छन। उनी भन्छन – आफ्नो संस्कृति जोगाई राख्नु हामी सबैको कर्तव्य हो।

कुवेतका विभिन्न रमणीय स्थलहरुमा छाँयान्कन गरिएको सो गीतको म्युजिक भिडियोले प्रदेशिएका दाजुभाइ तथा दिदिबहिनीहरुको जीवनसंग मेल खान सक्ने गोलेले दाबि गरेको छन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...