News Portal

मकाउमा मगर संघ गठन, अध्यक्षमा शम्सेर थापा

हिमाली संचार संवाददाता
९५३ पटक

शुक्रवार माघ,०३ मकाउ : मकाउ इन्डियन गार्डन रेष्टुरेण्ट मकाउमा  माघ २ गत्ते माघे सक्राति मनाउन भेला भएका मकाउमा कार्यरत मगरसमुदायले शम्सेर थापाको अध्यक्षतामा १७ सदस्यीय “मगर संघ मकाउ” गठन गरेका छन्।

प्रमुख अतिथि मगर संघ हङकङका अध्यक्ष युगमाया रानामगर, विशेष अतिथि नेपाली महासंघ हङकङका अध्यक्ष टंक रानामगर  र अतिथि मगरसंध हङकङका सल्लाहकार बसन्त श्रीनेत, गैर-आवासीय नेपाली संघ मकाउका अध्यक्ष पुर्णबहादुर गुरुङ, जनसम्पर्क समिति मकाउका अध्यक्ष लेखबहादुर गुरुङ, सुदूरपश्चिम नेपाली समाज मकाउका अध्यक्ष पदम सिहंपत, गैर-आवासीय नेपाली संघ मकाउका कोषाध्यक्ष प्रेमकुमार विकको लगायत अतिथिहरुको उपस्थिति रहेका थियो। 

मकाउभरीका करिब ७५ जनाको संख्यामा भेलाभएका मगर समुदायले नवगठित मगरसंघ मकाउका लागि उपाध्यक्ष हिरा थापा, कोषाध्यक्ष रितु थापा, महासचिव सूर्यकुमार थापा, सचिव शालिक बगार्ल मगर साथै नेपाल चेम्बर अफ कमर्श मकाउका अध्यक्ष गठित संस्थाका संरक्षक सुदर्शन थापा चयन गरेका छन्।

माधेसंक्राति माधको पहिलो दिन मनाउने प्रचलन रहेता पनि मकाउमा भने एक दिन पछि माध २ गत्ते सामुहिक रुपमा मनाउदै मगरहरु संगठीत भएका हुन। माधेसंक्रातिमा विशेष गरेर जंगलबाट वन तरुल खनेर ल्याउने, सबेरै उठेर नजिकको खोला, पधेरोमा गएर स्नान गरी अग्रजको हातबाट काँचो तरुलको भित्री सेतो भाग हातको नङले कोट्याएर निधारमा सेतो टीका लगाएर विशेषत वन तरुल, घर तरुल, सिमल तरुल, सुठुनी, पिडालु, बदाम, करेलाको जरा, गिठा, भ्याकुर आदि माटोमुनि फल्ने कन्दमुलहरु उसिनेर खाने प्रचलन रहेको छ।

आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शम्सेर थापाले पानसमा बत्तिबाल्ने वित्तिकै एकअर्कालाई घिउ, चाकु खुवाउदै वनतरुल अन्यतरुल खाएर माघे शक्रान्तिको शुभकामना आदान प्रदान गरिएको थियो।

समृद्धिको राष्ट्रको कुरा पनी उत्करकर्षमा उठिरहेको छ बिकास निर्माण बिरोधिको कुरा हैन! कुरा हो व्यवस्थित बिकास निर्माण र बिकासको यहा निर्माणको क्रममा कुनैपनि खालको धार्मिक, सास्कृतिक र ऐतिहासिक सम्पदाहरु भत्किनु हुदैन सबै तहतप्काका जनप्रतिनिधिले बुझ्नुपर्ने कुरा यही हो।

हाम्रो संस्कृति संस्कार जहिले सम्म रहन्छ, संस्कार रहे सभ्यता रहन्छ, सभ्य समाजले मात्र एक समृद्ध राष्ट्रको निर्माण गर्न सक्छ। त्यसैले हामी हाम्रो महत्वपुर्ण संस्कार, संस्कृति, भेषभूषा साथै महत्वपुर्ण भाषाको अभिलेखीकरण र संक्षण गर्नु पर्दछ। 

पछिल्लो समयमा विश्वभर छरिएर रहेका नेपाली समुदायले आ-आफ्नो पहिचानको लागि एक जुट हुदै सम्पूर्णतामा एकताका लागि संगठित हुदै आएका छन्। आयोजित कार्यक्रम निर्मला थापामगरले सञ्चालन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...