News Portal

मकाउमा पनि गरियो नेपाल भ्रमण बर्ष २०२० औपचारिक उद्घाटन [फोटो फिचर]

सन्जिब कोयी
११०१ पटक
२०७६ पौष २८, सोमवार

मकाउ : नेपाली महावाणिज्य दूतावास हङकङ/मकाउ र गैर-आवासीय नेपाली संघ मकाउको आयोजना साथै मकाउमा रहेका विभिन्न संघ संस्थाहरुको विशेष सहआयोजनामा आइतबार नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भव्यताका साथ औपचारिक रुपमा प्रचार प्रसार गरी उद्घाटन भएको छ। जनवरी ५ तारिख हङकङमा पनि यसैगरी नेपाल भ्रमण वर्षको शुभारम्भ थियो।

मकाउका स्थानीय प्रतिनिधि साथै अन्य विभिन्न देशका मकाउस्थित प्रतिनिधि र मकाउ र हङकङका नेपाली समुदायहरुको उल्लेखनीय सहभागिता विच मकाउका विशेष, ऐतिहासिक क्षेत्र सानमालोबाट पैदल यात्रा शुरू भएर भ्रमण बर्षको व्यानर, नेपालको राष्टिय झण्डा सहित नेपाली मौलिक नौमति बाजा, लाखे नाच र कार्यक्रम स्थल Amizade square सिन्त्रा अगाडी साकेला शीली प्रदर्शन गरेर कार्यक्रम भव्यताका साथ उद्घाटन भएको थियो। 

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हङकङ/मकाउका महावाणिज्यदूत कमल प्रसाद भट्टराईले फ्रि-भिसा सहित भ्रमण वर्ष २०२० अबसरमा विभिन्न क्षेत्रमा विशेष छुटको पनि ब्याबस्था भएकाले नेपाल भ्रमण गर्न आह्वान गर्दै नेपाल प्राकृतिक रुपमा निकै राम्रो देश भएकाले तपाईंको नेपाल भ्रमण लाइफ टाइम भ्रमण हुन्छ।

तपाईको परिवार र साथीहरूसहित नेपाल भ्रमण गर्न म आमन्त्रण गर्न चाहन्छु। हङकङबाट नेपाल एयरलाइन र चीनबाट समेत चाडै यो ब्याबस्था हुदैछ साथै अन्य एयरलाइनद्वारा नेपाल भ्रमण गर्न सकिने बताएका थिए। 

आयोजित कार्यक्रममा नेपालको भौगोलिक, प्राकृतिक, सांस्कृतिक र धार्मिक बस्तुस्थिति झल्काउने मनमोहक क्यानभासमा चित्रकला प्रदर्शनी गरिएको थियो। वान डे थ्री डी आर्ट एण्ड डेकोर प्रालिले नेपालको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने चित्रकला भने साँझ ५ बजेसम्म प्रदर्शनमा रहेको थियो। चित्रकला प्रदर्शनी स्थानीय टेलिभिजन र अनलाइन सञ्चारमाध्यमहरुले राम्रो कभरेज गरीरहेका छन्।

आयोजित कार्यक्रमको पुर्ण अंश सहितको भिडियो (HamroAwaz) युटुब च्यानलमा गएर हेर्न सक्नु हुने छ।वान डे थ्री डी आर्ट एण्ड डेकोर प्रालिले क्यानभासमा चित्रकला प्रदर्शनी गरेका थिए। कलाकार समुहलाई आज साँझ स्थानीय समय अनुसार ६ बजे मकाउमा सम्मान गर्ने कार्यक्रम समेत रहेको गैर-आवासीय नेपाली संघका अध्यक्ष पुर्णबहादुर गुरुङले जानकारी दिएका छन्।

थप तस्वीरहरु:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...