News Portal

नेपालका ४६ जिल्लामा पुग्यो अभियान पाँचौ चरणमा ९ जिल्लामा नि:शुल्क प्राथमिक उपचार तालिम सम्पन्न

हिमाली संचार संवाददाता
७७३ पटक

युएई– योगदान देश र जनताको लागि भन्ने सामाजिक सेवाको उदेश्य लिएर युएईमा कार्यरत नेपाली व्यावसायी चितवन निवासी ओमप्रसाद उप्रेतीको एकल प्रयत्नमा संचालित नि:शुल्क प्राथमिक उपचार तालिम नेपालका ४६ जिल्लामा सम्पन्न भएको छ । विदेशमा सिकेको सीप नेपाल र नेपाली जनताको सेवाको लागि नि:शुल्क समर्पित गर्ने उदेश्यले २०७४ चैत १ देखि सुरु भएको यो तालिम चौथो चरणसम्म पुग्दा ३८ जिल्लामा पुगेको थियो ।

यसै अभियान अन्तर्गत पाँचौ चरणको तालिम पनि भव्यतापुर्वक सम्पन्न भएको अभियन्ता उप्रेतीले जानकारी दिएका छन् ।
यो तालिम अभियानलाई युएईका विभिन्न संस्थाले संस्थागत सहयोग गरेका थिए ।
युएईको सबैभन्दा पहिलो सामाजिक संस्था नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, युएई, नेपाल पत्रकार महासंघ युएई लगायतका केही जिल्ला समाजले पनि संस्थागत सहयोग गरेको अभियानका समन्वयकर्ता लछुमन काफ्लेले जानकारी दिएका छन् ।

यो अभियानको पाँचौ चरणको तालिम कार्यक्रम गत जनवरी १ देखि प्रदेश नम्बर २ का सात जिल्ला र मकवानपुर साथै चितवनमा सम्पन्न भएको हो ।

विभिन्न जिल्लाहरुमा क्रियाशील सामाजिक, शैक्षिक,व्यावसायिक ,स्वास्थ्य संस्थाहरुलाई तालिम संयोजनका लागि आह्वान गरे अनुरुप सबै क्षेत्रका व्याकित्वहरुले उत्साहपुर्वक सहभागिता जनाएको अभियानका व्यवस्थापक हेमन्त पौडेलले बताएका छन् ।

कहाँ कहाँ सम्पन्न भयो तालिम

पाचौं चरणको पहिलो तालिम सप्तरी जिल्लाबाट सुरु भएको थियो । गत १ जनवरी (पुस १६) बुधबार, नरेन्द्र मेमोरियल पब्लिक सेकेन्डरी स्कुल, राजविराज-१६ मा सम्पन्न तालिममा करिब २ सय जना प्रशिक्षार्थीहरुले भाग लिएको जानकारी जिल्लाका तालिम संयोजक नितेस दासले दिएका छन् ।

दोस्रो दिनको तालिम सिरहामा पुस १७, बिहीबार, जिल्ला समन्वय समिति हल, सिरहामा उस्तै उत्साहपुर्वक सम्पन्न भएको सुरेस र दिलिप साहनीले बताएका छन् ।

तालिम अभियानको तेस्रो दिन धनुषा जिल्लामा गत पुस १८, शुक्रबार, शुभकामना प्रशिक्षण केन्द्र, जनकपुर उपमहानगरपालिका-८ दस्था नगरमा भएको
संयोजक शत्रुधन प्रसाद यादवले बताएका छन् ।
चौथो दिन महोत्तरी जिल्लामा यो तालिम आयोजना गरिएको थियो ।
पुस १९, शनिबार, सामुदायिक भवन, रामगोपालपुर नपा-०४ मा तालिम सम्पन्न गरिएको
संयोजक शत्रुधनप्रसाद यादवले नै जानकारी दिएका छन् ।
यसैगरी पाचौं दिन नि:शुल्क प्राथमिक उपचार तालिम रौतहट जिल्लामा भएको थियो ।
गत पुस २०, आइतबार, कर्मचारी मिलन केन्द्र, गौर बजारमा यो तालिम भएको अभियानका व्यवस्थापक हेमन्त पौडेलले जानकारी दिएका छन् ।

यो अभियानको छैटौं दिन बारा जिल्लामा गत पुस २१,सोमबार तालिम आयोजना गरिएको थियो । बारा उद्योग वाणिज्य संघ निजगढमा यो तालिम यो तालिम सम्पन्न भएको संयोजक श्याम पौडेलले बताएका छन् ।

अभियानको सातौं दिन पर्सा जिल्लामा गत पुस २२, मंगलबार नि:शुल्क प्राथमिक उपचार तालिम आयोजना गरिएको थियो । वीरगन्जको बि पि सी कलेज पानीटयाङ्कीमा यो तालिम भएको संयोजक शिवनाथ यादवले बताएका छन् ।

यो अभियानमा प्रदेश नम्बर ३ को मकवानपुर जिल्लामा पनि नि:शुल्क प्राथमिक उपचार तालिम आयोजना गरिएको थियो ।

गत पुस २३, बुधबार, *त्रिभुवन मावि, हेटौंडा -११, नवलपुरमा* यो तालिम आयोजनाको भएको मकवानपुर जिल्ला
संयोजन गरिरहेका सहजकर्ता लछुमन काफ्लेले बताएका छन् ।
दिवस पराजुली र व्यवस्थापक हेमन्त पौडेलले पनि मकवानपुरको तालिम भव्यतापुर्वक सम्पन्न भएको जानकारी दिएका छन् ।

नि:शुल्क प्राथमिक उपचार तालिम अभियानको पाँचौ चरणको प्रशिक्षण अभियन्ता ओम उप्रेतीले आफ्नै गृहनगर चितवनमा आयोजना गरेका थिए ।
अभियन्ता उप्रेतीले बाल्यकालमा अध्ययन गरेको खैरहनी-१२ को कपिया उच्च माविमा यो तालिम आयोजना भएको अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक ओम उप्रेतीले बताएका छन् । गत पुस २४, विहिबार आयोजना हुने समापन कार्यक्रमका लागि नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक निखिल उप्रेती, रमेश उप्रेती, हास्य कलाकार निर्मल शर्मा, निर्देशक विनोद मानन्धर लगायतका कलाकार तथा गायकगायिका उपस्थित भएर कार्यक्रम एतिहासिक रूपमा सफल भएको युएईमा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी नामको कम्पनी संचालक तथा यस अभियानका मुख्य प्रशिक्षक ओम उप्रेतीले जानकारी दिएका छन् ।
कापिया उच्च माविको तालिम कार्यक्रमका संयोजक श्री कृष्ण बर्तौलाले यो तालिम कार्यक्रमले अभियन्ता उप्रेती जिल्लाको मात्रै नभएर देशकै नमुना र उदाहरणीय व्याक्तित्व भएको जानकारी गराएका छन् ।

मानव जीवनमा आईपर्ने विभिन्न दुर्घटना, विपत्ति र रोगहरुबाट कसरी बच्ने र बचाउने, आकस्मिक रुपमा कसैलाई अस्पताल लानु परेको अवस्थामा बिरामीलाई कसरी अकालमा मर्नबाट जोगाउने जस्ता अति आवस्यक जानकारीहरु प्राथमिक उपचारभित्र पर्छन् ।
प्राथमिक उपचारको क्षेत्रमा अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका उप्रेतीले देश र जनताप्रती योगदान गर्ने उदेश्यले नेपालका ७७ जिल्लामै यो तालिम नि:शुल्क पुर्‍याउने लक्ष्य लिएका छन् ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...