News Portal

युएईमा अलपत्र २ युवतीको उद्दार

हिमाली संचार संवाददाता
११०३ पटक

आरपी ढुंगेल
युएई ७, २०२० जनवरी : आफ्नो कम्पनी छोडेर बिना भिसा लामो समयदेखि युएईमा बसिरहेका दुई नेपाली महिलाको उद्दार भएको छ। उत्तरी इमिरेट्स रासअलखेमाको क्लिनिङ कम्पनीमा कार्यरत झापा र रामेछापका दुई महिलालाई नेपाली दूतावास युएईले कानुनी प्रक्रिया पूरा गरेर नेपाल फर्काएको दूतावास अबुधाबीका श्रमसहचारी मोतीराम भुसालले जानकारी दिए।

नेपाल एसोसिएसन (एनआरएनए) युएईको आर्थिक सहयोगमा दूतावास सेल्टरमा शरण लिइरहेका महिलाहरुको उद्दार गरिएको उपाध्यक्ष मदन अधिकारी बताए।

आफ्नो कम्पनीबाट भागेर अवैधानिक भएपछि ती महिलाहरु झापाली समाज युएईको रासअलखेमा क्षेत्रीयसमितिको सम्पर्कबाट एनआरएनए समक्ष पुगेका थिए। मेचे र शेर्पा थरका ती महिलाहरु नेपाली राजदूतावासको सहयोग र एनआरएनए एनसीसी युएईको उद्दार र टिकट सहित जनवरी ४ तारिखका दिन नेपाल पठाइएको नेपाल एसोसिएसन (एनआरएनए एनसीसी युएईका अध्यक्ष प्रकाश कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

उद्दार तथा सहयोग कार्यमा सहजीकरण गर्ने नेपाली दूतावास युएईका कर्मचारी ‘मोतीराम भूषाल, जन सम्पर्क अधिकारी ‘राज़ी’लाई एनआरएनए युएईले धन्यवाद व्यक्त गरेको छ ।

साथै, एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष पासाङ शेर्पा, मदन अधिकारी, नरेश शेन, केशव नेपाल, निरञ्जन शिलवाल, उद्दार बिभाग प्रमुख राजन खतिवडा र उपाध्यक्ष अमृता सिग्देल, बिकास शाही, महिला संयोजक शोभा शर्मा लगायत उद्दार कार्यमा सहभागी एनआरएनए आरसीसी रासलखेमाका अध्यक्ष ईश्वर श्रेष्ठ, सल्लाहकार श्याम उदास, त्यस्तै पीडित नेपाली महिलालाई आबूधाबी बिमानस्थलसम्म पुर्‍याइ बिदाई गर्नुहुने एनआरएनए आरसीसी अबुधावी अध्यक्ष बिश्वदेब शाह, उपाध्यक्ष लगायत यो कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबै सहयोगी मनहरूलाई एनआरएनए युएईले आभार प्रकट गरेको छ।

आगामी दिनमा पनि प्रवासमा दु:खमा परेका नेपालीको उद्दार र सहयोगमा यसैगरी सबै सहयोगी मनहरुको साथ र सहयोग जुटने अपेक्षा एनआरएनए युएईले गरेको छ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...