News Portal

कुवेतमा तमु ल्होसार कार्यक्रम भब्यरुपमा मनाइयो

हिमाली संचार संवाददाता
१३०६ पटक

कुवेत – कुवेत स्थित राजधानी प्यालेस रेस्टुरेन्ट खैतनमा तमू च्यु ल्होसार कार्यक्रम विभिन्न संस्कृतिक प्रस्तुतिको साथ भव्यताका रुपमा सम्पन्न भएको छ।

कार्यक्रम सुरु हुन साथै नेपालबाट पाल्नु भएका कलाकारले महामहिम राजदूत तथा संस्थाको अध्यक्ष र अतिथि हरुलाई कार्यक्रमस्थलमै संगीतमय वातावरणबाट कार्यक्रम सुरु भएको थियो

भेषभुषा,भाषा,धर्म,कला,संस्कार,संस्कृति र पराम्पराको जगेर्ण र निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुवेतमा स्थापित तमू प्ये ल्हु संघ शाखा कुवेतले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान चाड तमु फो- ल्हो (मृग वर्ग) लाई बिदाइ गर्दै आगमन तमू च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै तमू च्यु ल्होसार (मुसा वर्ग) भव्यताका मनाएको छ।

संस्थाका अध्यक्ष उमा गुरुङको सभापतित्वमा गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दुतावासको तर्फबाट महामहिम राजदुत दुर्गाप्रसाद भण्डारी र बिशेष अतिथिहरुमा एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी लगाएत कुबेत मा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थियो। यस कार्यक्रमलाई भब्य सफाल पर्नको लागि बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेतले प्रायोजन गरेको थियो।

कार्यक्रममा उपस्थित पाहुनाहरुलाई मन्तब्य द्वारा स्वागत संस्थाका सल्लाहकार छ्योमान गुरुङले गरेका थिए।

कार्यक्रमलाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको बिधीवत उद्घाटन गरेका थिए भने नेपाली राष्ट्रिय गीत र तमू राष्ट्रिय गित द्वारा राष्ट्रिय स्वाभिमान पस्चात कार्यक्रमलाई मुर्त रुप दिईएको थियो । कार्यक्रममा संस्था को सल्लाहकार छ्योमान तमू ले स्वागत मन्तव्य द्वारा उपस्थित अतिथिगणलाई स्वागत गरेका थिए ।
कार्यक्रम लाई संघको सल्लाहकार डम्बर तमू र सचिब अमन तमू ले संयुक्तरुप मा कार्यक्रम सञ्चालन गर्नुभ्एको थियो।

बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेतले प्रायोजन गरेको थियो।

तमू समुदायको सस्कार अनुसार पच्यु गुरु बाट ईन्द्र पच्यु तमू र कुल तमू ले पूजा पाट मन्तर पढी संयुक्त रुपमा रुपा -रिपा) मन्तार्दै फो- ल्हो (मृग वर्ग) लाई बिदाइ गर्दै आगमन तमू च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गरी आफ्नो बिधी अनुसार क्रमश ब्यक्तिहरुलाई रिपा लगाई वहाँहरुको आउने दिनको शुख शान्तिको कामना गरी स्याइ स्याइ गरे को थियो। भने तमू ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान कार्यक्रम मा प्रमुख अतिथि महामहिम राजदुत दुर्गाप्रसाद भण्डारी, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, आदिवासी जनजाती महासंघ कुवेतका उपअध्यक्ष बल बहादुर काम्बाङ, पत्रकार पत्रकार महासंघ कुवेत शाखाको तर्फबाट नैनकला राई, तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङ लगयत ले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए।

तमू च्यु ल्हाेसार कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि नेपाल बाट पल्नु भएका अतिथि कलाकार नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गुरुङ फिलिम को नायिका बहुचर्चित लोक दोहोरी गायिका सविना गुरुङ स्रोताहरुको सर्बाधिक रोजाइमा पर्ने लोकप्रिय गायिका गुरुङ ले आफ्नो नयाँ पुरा गीतहरु(आधी खोला तिरामै गीत बाट सुरु गरेको गुरुङ ले सालै जो,बेली लिबा,मुर्बै मुसारा ,मदलुको घुम्न नयाँ पुरान गीत गाउदै कुबेतबासी दाजु भाई दिदी बहिनी हरु लाई कम्मर मर्काई मर्काई नचाएको थिए। भने दर्जनभन्दा बढी आफ्नो चर्चित गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थिए । कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै ल्होसार लाई सुगन्ध भर्ने काम तमु प्येल्हु संघ,कुवेत सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो ।

कार्यक्रमलाई भब्य सफाल पर्नको लागि सेवाग्राहिको मन जित्न सफल बहराइन एक्स्चेन्ज कम्पनी, (BEC)कम्पनीले मुख्य प्रायोजन गरेको थियो। राम्रो दरमा ग्यारेन्टीका साथ पैसा पठाउन सकिने र ग्राहकहरूको लागि उत्कृष्ट दर प्रदान गर्ने यो बैंकले ग्राहकहरुको लागि कुवेतबाट पनि खाता खोल्न सकिने समेत सुबिधा दिएको छ। संघले विशेष योगदान गरेका ब्यक्तित्वहरु नेपालबाट पल्नु भएका अतिथी कलाकार चर्चित लोक दोहोरी गायिका सविना गुरुङ साथै कार्यक्रमलाई मुख्य प्रायोजन (BEC Exchange ) कुबेत को अन्लाईन मिडिया हरु त्यसै गरि संघका परिवारका कलाकार भाई बहिनीहरु लाई माया को चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो।

सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा खसी को मासु मीठो परिकार खाना थियोे ।

अतिथी कलाकार सविना गुरुङ र प्रेम कटुवाल को लोकदोरी घमसा घम्सी ले सबै जान लाई नाच्दै तमू (च्यु ल्होसार) सम्पन्न भएको थियो ।

अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष उमा तमुस्यो ले कार्यक्रममा लाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका संस्थाका पदाधिकारी तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए।

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...