News Portal

युएईमा रहेका खोटाङबासीले अङ्ग्रेजी नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष मनाए

हिमाली संचार संवाददाता
४०९ पटक

युएई : खोटाङ सेवा समाज युएईद्वारा आयोजिक वनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा युएईको राजधानी अबुधबी स्थित मुसाफा पार्कमा जनवरी ३ शुक्रबार आयोजना भएको कार्यक्रममा उल्लेख मात्रामा खोटाङवासी र अन्य जिल्लावासी नेपालीहरुको सहभागिता देखिन्थ्यो ।

खोटाङ्ग सेवा समाज युएईको निमन्त्रणालाई स्वीकार्दै कार्यक्रममा उपस्थित युएईका विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष तथा भिजिट नेपाल वर्षको स्वागत गरेका थिए । कार्यक्रममा भिजिट नेपाल अंकित नारा र लोगो सहित को टिसर्ट पनि सार्वजनिक गरिएको समाजका महासचिव उदय सानू राईले जानकारी दिएका छन् ।

कार्यक्रममा नाचगान साथै मनोरञ्जनात्मक खेलहरु खेलाइएको कार्यक्रम संयोजक सुजन कोयु राईले बताए।
म्युजिकल चियर्सका बिजेता शारदा राई तथा उपबिजेता युना राईलाई पुरस्कार प्रदान गरिएको थियो भने हाँडी फोरको बिजेता सरु सितल राई तथा लोक दोहोरी प्रतियोगितामा प्रथम महिला समूह सारदा राईको टिमलाई पनि पुरस्कारका साथमा खोटाङ सेवा समाजले बधाई तथा शुभकामना व्यक्त गरेको समाजका उपाध्यक्ष राजु राईले बताएका छन्।
कलाकार डिके किराँती रियो चाम्स कोपिला राई सरु सितल राई लगायत अन्य कलाकारलाई पनि आयोजक समितिले धन्यवाद प्रकट गरेको समाजका अध्यक्ष हिमाल गुरुङले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...