News Portal

गायक विश्वसागर परियारले माघीमा धमाकेदार गीत ल्याउदै, नवगायिका संजिताको चर्चा

हिमाली संचार संवाददाता
५८८ पटक

काठमाडौं १९, २०७६ पौष : चर्चित गायक तथा संगितकार विश्वसागर परियारले माघे संक्रान्तिको अवसरमा ३ वटा कल्चरल गीत ल्याउने भएका छन्। पछिल्लो समयमा थारु गीत संगितमा राम्रो छवि बनाएका गायक परियारले माघे संक्रान्तिको अवसरमा कल्चरल गित ल्याउन लागेका हुन्।

सिएस फिल्मस प्रालिबाट उनले तीन वटा गीत सार्वजनिक गर्न लागेका हुन। हालै मात्र उक्त प्रालिमार्फत उनले “मान जाउँ जान जाउँ कसम दिवाना हुइनु मै” बोलको गीत सार्वजनिक गरेका छन्। थारु स्टार मोडल विवस चौधरी र चर्चित मोडल सुनित दहितको अभिनय रहेको उक्त गीत आज सार्बजनिक गरेका हुन।

गायक परियार र चर्चित गायिका सुमन चौधरीको स्वरमा रहेको उक्त गितले दर्शकको निकै माया पाउने विश्वास गरिएको छ। संगै उनले माघीको अवसरमा उज्जर गोनिया बोलको कल्चरल गितको सुटिङ चलि रहेको जानकारी दिएका छन्।

यसमा चर्चित गायक जनक चौधरी र नव गायिका संजिता चौधरीले स्वर दिएका छन्। राप्ती सोनारी गाउँपालिका ४ गौरी गाउँ निवासी नव गायिका चौधरीको पहिलो प्रस्तुती हो।

केहि दिन अघि सिएस फिल्मस प्रालिबाटै सार्वजनिक भएको अडियो गीतमा गायिका चौधरीको स्वरको निकै प्रंशसा गरिएको छ। युटुवमा दर्शक श्रोताहरुले कमेन्ट गर्दै नव गायिकाको स्वरको चर्चा गरेका छन्।

यस्तै गरि सुशिल दहितको शब्द संगितमा रहेको कल्चरल गित साली भाटु २ पनि सार्वजनिक हुँदैछ। गायक परियार र सुमन चौधरीको स्वरमा सार्वजनिक हुन लागेको गीतले माघीमा निकै तहल्का मच्चाउने दावी गरिएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले वाचा गरे– सरकार गठनको १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता

काठमाडौं, ७ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व पाए...

जेनजी युवालाई उपसभापति विश्वप्रकाशको प्रश्न– विद्रोपपछि कुन दल परिवर्तन भयो?

काठमाडौं, ७ फागुन – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले मोरङ–१, केराबारीमा बिहीबार आयोजित चुनावी...

समस्या समाधानपछि मात्र निर्वाचनमा जानुपर्ने राप्रपाको धारणा

काठमाडौं, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी ले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा सार्वजनिक गरिएको हालैको...

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...