News Portal

यूएईका संघसंस्थाहरूले गरे नेपाल भ्रमण वर्ष २०२० प्रचारप्रसार

हिमाली संचार संवाददाता
४६४ पटक

यूएई : नेपालमा पर्यटकहरू भित्र्याउने उद्देश्यले प्रचारप्रसार सुरूवात गरेका छन्। यूएईमा रहेकाे नेपालीहरूकाे पूरानाे संस्था नेपाली समाज यूएईले ४ दर्जन भन्दा बढी संघसंस्थालाई समेटेर जनवरी १ तारिख शुक्रवार दुबईस्थित जाबिल पार्कमा भ्रमण वर्षकाे प्रचारप्रसार तथा शुभकामना अादान प्रदान कार्यक्रम अायाेजना गरेकाे छ।

कार्यक्रममा बाेल्दै नेपाली दूतावास यूएईका श्रम काउन्सिलर भेषबहादुर कार्कीले भ्रमण वर्ष सफल बनाउने काम नेपाल सरकारकाे मात्र नभएर विश्वभर रहेका अाम नेपालीकाे समेत दायित्व रहेकाे बताउनुभयाे। यूएईमा रहेका एक नेपालीले कम्तिमा २ जना पर्यटक नेपाल भित्र्याउने पहल गर्न उहाँले अाग्रह समेत गर्नुभयाे।

कार्यक्रममा नेपाली समाजका अध्यक्ष गाेविन्दप्रसाद ढकालले विश्वभरबाट यूएई घुम्न अाउने पर्यटकहरूलाई नेपाल पनि घुम्नका लागि अाग्रह गर्दै नेपालका बारेमा उनीहरूलाई जानकारी दिन प्रचारप्रचारलाई निरन्तर दिनुपर्ने बताउदै नेपाली समाज त्यसका लागि लागिरहने प्रतिबद्वता जनाउनुभयाे।

कार्यक्रममा यूएईमा रहेका विभिन्न संस्थाका प्रतिनिधि , गैर अावासीय नेपाली संघ (एनअारएन)का पदाधिकारीहरू, पर्यटक तथा व्यवसायी साथै उल्लेख मात्रामा सर्वसाधारण नेपालीहरूकाे उपस्थिति रहेकाे थियाे भने भ्रमण वर्षकाे लाेगाे अंकित टिसर्ट , नेपाली टाेपी , लगायतका प्रचार सामाग्री समेत वितरण गरिएकाे थियाे।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...