News Portal

झापाली समाज यु.ए.ई. द्वारा न्यानो कपडा वितरण

हिमाली संचार संवाददाता
५७१ पटक

भरत शिवाकोटी – झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका झापावासीहरुको सामाजिक संस्था झापाली समाज यु.ए.ई. ले हरेक बर्ष झैँ यस बर्ष पनि झापा जिल्लाका विभिन्न विधालयका अति विपन्न वर्गका छात्र छात्राहरुलाई पौष १४ गते बाट न्यानो कपडा वितरण शुरु गरेको छ ।
आदिवासी, जनजाती,विपन्न वर्गका विधार्थीहरु अध्ययन गर्ने सामुदायिक विधालयको पहिचान गरि वितरण गरिने न्यानो कपडा यसपाली गौरिगंज गाउँपालिका वडा न. २ मा रहेको श्री शिशु कल्याण आधारभूत विधालयमा अध्ययनरत ५३ जना विधार्थीहरुलाई वितरण गरिएको हो | झापाली समाज यु.ए.ई. र गौरिगंज गाउँपालिका वडा न. २ वडा समितीको कार्यालयको संयुक्त आयोजनामा विधालयको नाम र लोगो अंकित न्यानो ज्याकेट विधालयमा वितरण भएकोमा विधार्थी,अभिवावक एवं शिक्षकहरु समेत प्रफुल्लित देखिन्थे ।
गत मङ्सिरमा झापाली समाज यु.ए.ई. को कार्यक्रम अन्तर्गत सोहि विधालयमा झापाली समाज यु.ए.ई. नेपाल सम्पर्क समितीको आयोजनामा सेतो भेस्टमा लोगो र विधालयको नाम अंकित भेस्ट तथा ट्राउजर वितरण गरिएको थियो | उक्त दिन नै अभिवावक,शिक्षक एवं समाजसेवीले न्यानो ज्याकेट वा सुइटरको आवाज उठाएपछि सोहि वडाका वडाध्यक्ष ले झापाली समाज सग समन्वय गरेर न्यानो कपडा वितरण गर्ने उदघोस गरे बमोजिम न्यानो ज्याकेट वितरण गरिएको समाजका नेपाल सम्पर्क समितीका अध्यक्ष जगत लुइटेलले जानकारी दिएका छन | लुइटेलले हरेक वर्ष झापाली समाजले झापाका २ देखि ४ विधालयका १०० भन्दा बढी बिधार्थिहरुलाई न्यानो कपडा वितरण गरिदै आएको बताएका छन् |
कार्यक्रममा प्रमुख अतिथी गौरिगंज गाउँपालिका वडा न. २ कि वडा सदस्य रिता तामाङ ले झापाली समाज यु.ए.ई. को हरेक बर्षको अभियानको जति नै प्रशंसा गरेपनि कम हुने बताउदै वडा ले सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेकी थिइन् | विधालयका प्रधानाध्यापक यादव रिमालले झापाली समाज यु.ए.ई. ले आफ्नो विधालय छनौट गरि विधार्थीहरुलाई विधालयको स्टेन्डरमा समेत सहयोग पुग्नेगरी विधालय पोशाक र न्यानो ज्याकेट वितरण गर्नुभएकोमा आभार साथै धन्यवाद व्यक्त गरेका थिए |
जगत लुइटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापाली समाज यु.ए.ई. का पुर्व पदाधिकारीहरु रोहित भण्डारी,टेकनाथ अधिकारि, मोहन दाहाल पुर्व सल्लाहाकार एवं विधान मस्यौदाकार भरत शिवाकोटी,आजीवन सदस्य गोपाल भण्डारी,इन्द्रेणी टेलिभिजनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने भरत शिवाकोटीले कार्यक्रम संचालन गरेका थिए | कार्यक्रममा झापाली समाज यु.ए.ई. का प्रतिनिधिहरुलाई विधार्थीहरुले स्वतस्फुर्त रुपमा तयार गरेर ल्याएको फुलको माला लगाइदिएर विधालयले सम्मान व्यक्त गरेको थियो |

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...