News Portal

  • झापाली समाज यु.ए.ई. द्वारा न्यानो कपडा वितरण

    हिमाली संचार संवाददाता
    ४८५ पटक

    भरत शिवाकोटी – झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका झापावासीहरुको सामाजिक संस्था झापाली समाज यु.ए.ई. ले हरेक बर्ष झैँ यस बर्ष पनि झापा जिल्लाका विभिन्न विधालयका अति विपन्न वर्गका छात्र छात्राहरुलाई पौष १४ गते बाट न्यानो कपडा वितरण शुरु गरेको छ ।
    आदिवासी, जनजाती,विपन्न वर्गका विधार्थीहरु अध्ययन गर्ने सामुदायिक विधालयको पहिचान गरि वितरण गरिने न्यानो कपडा यसपाली गौरिगंज गाउँपालिका वडा न. २ मा रहेको श्री शिशु कल्याण आधारभूत विधालयमा अध्ययनरत ५३ जना विधार्थीहरुलाई वितरण गरिएको हो | झापाली समाज यु.ए.ई. र गौरिगंज गाउँपालिका वडा न. २ वडा समितीको कार्यालयको संयुक्त आयोजनामा विधालयको नाम र लोगो अंकित न्यानो ज्याकेट विधालयमा वितरण भएकोमा विधार्थी,अभिवावक एवं शिक्षकहरु समेत प्रफुल्लित देखिन्थे ।
    गत मङ्सिरमा झापाली समाज यु.ए.ई. को कार्यक्रम अन्तर्गत सोहि विधालयमा झापाली समाज यु.ए.ई. नेपाल सम्पर्क समितीको आयोजनामा सेतो भेस्टमा लोगो र विधालयको नाम अंकित भेस्ट तथा ट्राउजर वितरण गरिएको थियो | उक्त दिन नै अभिवावक,शिक्षक एवं समाजसेवीले न्यानो ज्याकेट वा सुइटरको आवाज उठाएपछि सोहि वडाका वडाध्यक्ष ले झापाली समाज सग समन्वय गरेर न्यानो कपडा वितरण गर्ने उदघोस गरे बमोजिम न्यानो ज्याकेट वितरण गरिएको समाजका नेपाल सम्पर्क समितीका अध्यक्ष जगत लुइटेलले जानकारी दिएका छन | लुइटेलले हरेक वर्ष झापाली समाजले झापाका २ देखि ४ विधालयका १०० भन्दा बढी बिधार्थिहरुलाई न्यानो कपडा वितरण गरिदै आएको बताएका छन् |
    कार्यक्रममा प्रमुख अतिथी गौरिगंज गाउँपालिका वडा न. २ कि वडा सदस्य रिता तामाङ ले झापाली समाज यु.ए.ई. को हरेक बर्षको अभियानको जति नै प्रशंसा गरेपनि कम हुने बताउदै वडा ले सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेकी थिइन् | विधालयका प्रधानाध्यापक यादव रिमालले झापाली समाज यु.ए.ई. ले आफ्नो विधालय छनौट गरि विधार्थीहरुलाई विधालयको स्टेन्डरमा समेत सहयोग पुग्नेगरी विधालय पोशाक र न्यानो ज्याकेट वितरण गर्नुभएकोमा आभार साथै धन्यवाद व्यक्त गरेका थिए |
    जगत लुइटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापाली समाज यु.ए.ई. का पुर्व पदाधिकारीहरु रोहित भण्डारी,टेकनाथ अधिकारि, मोहन दाहाल पुर्व सल्लाहाकार एवं विधान मस्यौदाकार भरत शिवाकोटी,आजीवन सदस्य गोपाल भण्डारी,इन्द्रेणी टेलिभिजनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने भरत शिवाकोटीले कार्यक्रम संचालन गरेका थिए | कार्यक्रममा झापाली समाज यु.ए.ई. का प्रतिनिधिहरुलाई विधार्थीहरुले स्वतस्फुर्त रुपमा तयार गरेर ल्याएको फुलको माला लगाइदिएर विधालयले सम्मान व्यक्त गरेको थियो |

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...