News Portal

नेपाल पत्रकार महासंघ युएई शाखाले अङ्ग्रेजी नयाँ वर्षकाे अवसरमा शुभकामना आदानप्रदान गर्ने

हिमाली संचार संवाददाता
५०९ पटक

युएई – नेपाल पत्रकार महासंघ युएई शाखाले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । आगामी २७ डिसेम्बर शुक्रबार दुबईको जाबिल पार्कमा युएईमा रहेका सबै नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, व्यावसायीहरु र पत्रकारहरुबीच आपसी सम्बन्ध दरिलो बनाउदै भातृत्व कायम गर्ने उदेश्यले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको शाखा अध्यक्ष लक्ष्मण खनालले जानकारी दिएका छन् ।
सचिव मोहन बस्यालका अनुसार युएईका सक्रिय पत्रकारहरु र क्रियाशील सामाजिक संस्थाका प्रतिनिधिहरुले कार्यक्रममा सहभागिता जनाउनेछन् ।
युएईमा रहेर आफ्नो कामसँगै सामाजिक र परोपकारी पत्रकारिता गरिरएका नेपाली पत्रकारहरुले पर्व विशेषहरुमा यस्ता कार्यक्रम गर्दै आएको र अहिलेको महासंघको समुहले नेपाली दूतावास अबुधाबीलगायत युएईका कृयाशिल सामाजिक संस्थाहरुसँग मासिक रूपमा भेटघाट, अन्तर्कृया र संवादको वातावरण बनाउने कार्यतालिका समेत पास गरेको उपाध्यक्ष मेघराज सापकोटाले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...