News Portal

पृथ्वी जयन्तीमा सार्वजनिक विदाको माग गर्दै ठकुरी सहयोग संजाल युएईले बुझायो ज्ञापनपत्र

हिमाली संचार संवाददाता
११३९ पटक

युएई २४, २०१९ डिसेम्बर : ठकुरी सहयोग संजाल युएईले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्बजनिक बिदा दिन नेपाल सरकारसँग माग गरेको छ।

राष्ट्र निर्माता श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन यही पुस २७ गतेका दिन सार्वजनिक विदा दिन नेपाल सरकारसँग मागगर्दै संजालले ज्ञापन पत्र बुझाएको छ।

ज्ञापनपत्रमा राष्ट्र निर्माताको सम्मान उहाँको योगदान र त्यागको सम्मानका लागि पुस २७ गते सार्वजनिक विदा दिई भव्य रूपमा राष्ट्रिय पर्वको रूपमा मनाउन माग गरिएको छ।

नेपाली दूतावास अबुधाबीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाइएको ज्ञापनपत्रमा राष्ट्र निर्माताको योगदान उहाँको त्यागलाई सरकारले विर्सन नहुने उल्लेख छ।

ठकुरी सहयोग संजाल युएईका कार्यबाहक अध्यक्ष दिपक शाही ठकुरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा घोषणा गरेर सरकारले राष्ट्र निर्माता शाहको योगदानको कदर गर्नुपर्छ भनी ध्यानाकर्षण गराएको छ।

साथै नेपाली नेपालीबीचको एकता, सामाजिक सदभाव,राष्ट्रिय एकता र अखण्डताका निम्ति शाहको दिव्यउपदेश पालना गरिनुपर्ने उल्लेख छ।

विभिन्न टुक्रामा बिभाजित बाइसे, चौबिसे  राज्यहरुलाई शाहको अथक प्रयासबाट एकीकरण गरिएको हुँदा हामी अखण्ड र स्वतन्त्र नेपाल देशका नागरिक हुन सकेको उल्लेख गर्दै आफ्नो देशको निर्माण जसले गर्याे त्यस्तो महान ब्यक्तिलाई भुल्ने हो भने राष्ट्र निर्माताको योगदानको अवमूल्यन हुने भएको हुँदा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिनलाई राष्ट्रिय बिदा घोषणा गरियोस भनी माग गरिएको छ।

बिज्ञप्ती यस्तो छ:

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...