News Portal

पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक बिदा दिन युएईबाट ध्यानाकर्षण

हिमाली संचार संवाददाता
४४७ पटक

युएई : आधुनिक नेपालका जन्मदाता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिनमा नेपालमा सार्वजनिक बिदा दिन युएईबाट ज्ञापनपत्र पठाइएको छ।

प्रवासी नेपाली एकता समाज यूएईले पाैष २७ गते मनाईने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा घोषणा गरेर शाहको युगदानको कदर नेपाल सरकारले गर्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रनिर्मातालाई सम्मान गर्नकाे लागि सार्वजनिक विदा दिई भव्य रूपमा गाैरवसाली राष्ट्रिय पर्वकाे रूपमा मनाउन नेपाली दूतावास अबुधाबीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पुस ७ गते बुझाएको हो।

नेपाल सरकारलाई नेपाली राजदुताबास अवुधावीमा राजदूत कृष्णप्रसाद ढकाल मार्फ़त ज्ञापनपत्र वुझाइएको ,राप्रपा अामन्त्रित केन्द्रीय सदस्य तथा प्रवास युएईका अध्यक्ष शशि सिलवालले बताएका छन्।

शिलवालकाे नेतृत्वमा नेपाली दूतावास अबुधाबी गएकाे प्रतिनिधि मण्डलमा राप्रपा प्रवास मध्यपुर्व ईन्चार्ज ताेयानाथ लम्साल, वरिष्ठ सल्लाहकार विश्वदेव शाह, सल्लाहकार शंकर श्रेष्ठ, उपाध्यक्षद्वय मनाेज जैसवाल, किशाेर केसी ,काेषाध्यक्ष नारायण पाेखरेल, महिला नेतृ चिना काेईराला, युएई महिला अध्यक्ष शर्मिला थपलिया लगायतका पदाधिकारी तथा सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे।

ज्ञापनपत्र बुझ्दै राजदुत ढकालले नेपाली इतिहासमा पृथ्वीनारायण शाहको अतुलनीय योगदान रहेको र प्राप्त ज्ञापनपत्रलाई सम्बन्धित निकायमा पुर्‍याउन मद्दत गर्ने जानकारी दिएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...