News Portal

तमु च्यु ल्होसार कार्यक्रमको तयारी पूरा

हिमाली संचार संवाददाता
१२४० पटक

कुवेत : तमु प्ये ल्हु संघ कुवेतको आयोजनामा आगामी ३ जनवरिमा हुन लागेको कार्यक्रम तमु च्यु ल्होसारको सम्पुर्ण तयारी पूरा भएको छ।

कुवेतको खैतानस्थित राजधानी प्यालेसमा बिहान ११ बजेदेखी अतिथी कलाकार बहुचर्चित लोक दोहोरी गायिका सबिना तमुस्यो र स्थानिय कलाकारहरुको साथमा धुमधामका साथ मनाउने तयारी रहेको जानकारी प्राप्त भएको छ।

उक्त कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकार सबिना तमुस्यो जजिरा एयरवेजबाट ३० डिसेम्बर साँझ ८ बजे कुवेत अवतरण गर्नेछिन।

“प्ये म्हस्यँ म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु।” अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छेको अस्तित्व नै हराउँछ।” त्यसैले हाम्रो भाषा संस्कार संस्कृती हाम्रो अस्तित्व हो यस्लाइ बचाउनु हामी सबैको कर्तव्य हो भन्ने उदेश्यका साथ २०१२ मा स्थापित तमु प्ये ल्हु संघ कुवेतले हरेक बर्ष ल्होसार मनाउँदै आइरहेको छ।

त्यसो त तमु प्ये ल्हु संघले कुवेतका क्रीयाशिल अन्य संघ संस्थाहरुसंग थुप्रै मानविय तथा सामाजिक कार्यहरुमा पनि सकृय रुपमा सहभागीता र सहकार्य गर्दै आइरहेको छ।

यसपालिको यो च्युँ ल्होसार कार्यक्रमको प्रमुख प्रायोजक BEC Exchange ले गरेको छ।

कार्यक्रमको बारेमा जानकारी दिँदै अध्यक्ष उमा गुरुङले यस अगावै कुवेतका सबै सञ्चारगृह, संघ संस्था एवं वुद्धिजिवी बर्गहरुलाइ निमन्त्रणा पठाइसकिएको र कथमकदाचित निमन्त्रणा पत्र छुट्न गएको खन्डमा यसै समाचारलाई निमन्त्रणा स्वीकारि कार्यक्रममा उपस्थित हुनुभइ कार्यक्रमको शोभा बढाइदिनहुन सबै संघसंस्था तथा कुवेतमा श्रम गरिरहनुभएको दाजुभाइ तथा दिदिबहिनिहरुलाइ अनुरोध गरेकी छिन।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...