News Portal

तमु च्यु ल्होसार कार्यक्रमको तयारी पूरा

हिमाली संचार संवाददाता
१२२६ पटक

कुवेत : तमु प्ये ल्हु संघ कुवेतको आयोजनामा आगामी ३ जनवरिमा हुन लागेको कार्यक्रम तमु च्यु ल्होसारको सम्पुर्ण तयारी पूरा भएको छ।

कुवेतको खैतानस्थित राजधानी प्यालेसमा बिहान ११ बजेदेखी अतिथी कलाकार बहुचर्चित लोक दोहोरी गायिका सबिना तमुस्यो र स्थानिय कलाकारहरुको साथमा धुमधामका साथ मनाउने तयारी रहेको जानकारी प्राप्त भएको छ।

उक्त कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकार सबिना तमुस्यो जजिरा एयरवेजबाट ३० डिसेम्बर साँझ ८ बजे कुवेत अवतरण गर्नेछिन।

“प्ये म्हस्यँ म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु।” अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छेको अस्तित्व नै हराउँछ।” त्यसैले हाम्रो भाषा संस्कार संस्कृती हाम्रो अस्तित्व हो यस्लाइ बचाउनु हामी सबैको कर्तव्य हो भन्ने उदेश्यका साथ २०१२ मा स्थापित तमु प्ये ल्हु संघ कुवेतले हरेक बर्ष ल्होसार मनाउँदै आइरहेको छ।

त्यसो त तमु प्ये ल्हु संघले कुवेतका क्रीयाशिल अन्य संघ संस्थाहरुसंग थुप्रै मानविय तथा सामाजिक कार्यहरुमा पनि सकृय रुपमा सहभागीता र सहकार्य गर्दै आइरहेको छ।

यसपालिको यो च्युँ ल्होसार कार्यक्रमको प्रमुख प्रायोजक BEC Exchange ले गरेको छ।

कार्यक्रमको बारेमा जानकारी दिँदै अध्यक्ष उमा गुरुङले यस अगावै कुवेतका सबै सञ्चारगृह, संघ संस्था एवं वुद्धिजिवी बर्गहरुलाइ निमन्त्रणा पठाइसकिएको र कथमकदाचित निमन्त्रणा पत्र छुट्न गएको खन्डमा यसै समाचारलाई निमन्त्रणा स्वीकारि कार्यक्रममा उपस्थित हुनुभइ कार्यक्रमको शोभा बढाइदिनहुन सबै संघसंस्था तथा कुवेतमा श्रम गरिरहनुभएको दाजुभाइ तथा दिदिबहिनिहरुलाइ अनुरोध गरेकी छिन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...