News Portal

एनआरएनए महासचिव शर्मा भन्छन् – परिवर्तन नदेखिए अर्को चुनावमा उठ्दिन

हिमाली संचार संवाददाता
५८१ पटक

लन्डन २१, २०१९ डिसेम्बर : गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव डा. हेमराज शर्माले आफ्नो दुई वर्षे कार्यकालमा कुनै परिवर्तन नआए अर्को पटक नेतृत्वको चुनावी मैदानमा आफू नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले गैरआवासीय नेपाली संघसँग सिधा संवाद कार्यक्रममार्फत् शनिवार यस्तो प्रतिबद्धता गरेका हुन्।

एनआरएनबारे सामाजिक सञ्जालमा आएका अनेकन टिप्पणीको जवाफ दिँदै एनआरएनमा अहिलेसम्म भइरहेका गतिविधि सिधा संवाद कार्यक्रममार्फत् स्पष्ट पारे।

महासचिव डा. शर्माले एनआरएनले अहिले लिएको अर्जुनदृष्टि लाप्राक नमुना बस्ती हस्तान्तरण, आउँदो दुई वर्षभित्र गरिने कार्ययोजना तयार, १० अर्बको संगठित लगानी परियोजनाको खाका, नेपाल सरकारले अगाडि सारेको भिजिट नेपाल २०–२० परियोजना सफल पार्ने, वैदेशिक कल्याणकारी कोषको रकम वृद्धी, च्यारिटी कार्यक्रम एकद्वार प्रणालीबाट लैजाने र एनआरएनको छवि सुधार्ने रहेको स्पष्ट पारे।

भिडियो कन्फेन्समार्फत गत साता सम्पन्न एनआरएनको बैठकले गरेको निर्णयबारे सामाजिक सञ्जालमा आएका गुनासको जवाफ दिँदै महासचिव डा. शर्माले भने, ‘हामी पनि मानव हौं, हाम्रा पनि कमीकमजोरी हुन्छन्। तपाईंहरुले गरेको आलोचनाले हामीलाई सुध्रिने अवसर दिन्छ। आलोचना गर्नुहोस् तर आलोचना गर्दा स्वस्थ्य र तथ्यपरक हुनुपर्छ।

सिधा संवाद कार्यक्रममा अधिकांश गुनासाहरु गत साता बसेको बैठकमा भएका निर्णयमा आधारित थिए। ती गुनासाहरुलाई महासचिव डा शर्माले जवाफ दिएका थिए।

एक घण्टाभन्दा बढी समयसम्म चलेको सिधा संवाद कार्यक्रममा एनआरएनको संगठन संरचना परिवर्तन गरेर स्मार्ट एनआरएनको बाटोमा संस्था अघि बढेको उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...