News Portal

  • श्रीमती कति प्रकारका गुण भएका हुन्छन्, तपाईंको श्रीमती कुन वर्गकी ?

    हिमाली संचार संवाददाता
    ७५६ पटक

    काठमाडौं : तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ। भगवान गौतम बुद्ध आफैले ७ किसिमका श्रीमतीहरूको बारेमा बयान गरेका हुन्।

    कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो। त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए। उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए। उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवती सँग गरिदिएका थिए।

    सुजाताको स्वभाव भने विपरीत। एक पटक भगवान अनाथ पिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ। कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए। त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका श्रीमती बारे उपदेश दिएका रहेछन्। ७ प्रकार यस्तो छ :

    (१) बधक श्रीमती : जो स्त्री आफ्ना श्रीमान प्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर श्रीमानको अपमान गर्छे, श्रीमानको धनका लागि श्रीमानको बध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्नी बधक पत्नी हुन्। यस्तो दुशील स्त्री म’रणपछि नरक जान्छे।

    (२) चोरीसम (चोर) श्रीमती : श्रीमानले कमाएर दिएको धन मध्ये केही अंश लुकाउने श्रीमतीलाई चोरीसम श्रीमती भनिन्छ। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

    (३) भगिनीसम (बहिनी जस्ती) : श्रीमती श्रीमानको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

    (४) मातुसम (आमा जस्ती) : श्रीमती आमाले छोरोको हित चाहे जस्तै सँधै श्रीमानको हित चाहने हुन्छे। प्राप्त धनलाई राम्रोसित सम्हालेर राख्छे। यस्ती श्रीमती सदाचार युक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।

    (५) आयासम (स्वामिनी) श्रीमती : केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

    (६) सखीभरिया (साथी जस्ती) श्रीमती : श्रीमान देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

    (७) दासीसम (दासी जस्ती) श्रीमती : कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, श्रीमानको कुरा मान्ने, सहनशील हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...