News Portal

नेपाली ट्याक्सी व्यवासायी संघ कुवेतको वार्षिकोत्सब तथा अधिवेशनको तयारी पूरा

हिमाली संचार संवाददाता
८२९ पटक

कुवेत : नेपालीहरुको सेवामा समर्पित” भन्ने मुल नाराका साथ नेपालका विभिन्न ठाउँबाट कुवेत आइ ट्याक्सी व्यवासाय गरेर बसेका नेपालिहरुलाइ एकीकृत गर्दै नेपालीहरुलाइ सुलभ सेवा दिने उदेश्यले कुवेतमा दर्जनौँ संस्थाहरु माझ २०१६ मा स्थापित नेपाली प्रवासी ट्यक्सी व्यवासायी संघ कुवेतको तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशनको तयारी सम्पन्न भएको छ।

आगामी २७ डिसेम्बर २०१९ का दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा तय भएको कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ। तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशन २०१९ कार्यक्रमका कार्यक्रम संयोजक हिमाल लामाले बताए।

कार्यक्रममा स्थानिय कलाकारहरुद्वारा संगितिक प्रस्तुतिहरु पनि प्रस्तुत गर्ने भएको छ। साथै ताल्या ट्याक्सिको तर्फबाट लक्की ड्र पनि रहेको संयोजक लामाले बताएका छन। उनले भने “लक्की ड्र मा जो कोहि पनि कार्यक्रममा उपस्थित भएकाहरु समावेश हुन सक्नेछन। ताल्या ट्याक्सिको एउटा काउन्टर रहनेछ। त्यहाँ गएर Al talyaa ट्याक्सिको एप्लिकेसन डाउनलोड गरेवापत नम्बर प्राप्त गर्नेछौँ। उक्त नम्बर लक्की ड्र मा समावेश हुनेछन।” लक्की ड्रमा एउटा मात्र पुरस्कार रहेको समेत उनले जानकारी दिएका छन।

कार्यक्रमको लागि कुवेतका कृयाशिल सबै संघ संस्था, संचार माध्यम तथा बुद्धिजीवी वर्गहरुलाइ पत्रचार भैसकेको भएता पनि कथमकदाचित छुट्न पुगेको भए यसै समाचारलाइ निमन्त्रणा मानी उपस्थितिका लागि संयोजक लामाले अनुरोध गरेका छन।

कार्यक्रम हुने:
स्थान : युनिक अडिटोरियम हल फर्वानिया
मिति : २७ डिसेम्बर २०१९
समय : दिउँसो १२ बजे
आयोजक : नेपाली प्रवासी ट्याक्सी व्यवासायी संघ कुवेत।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...