News Portal

तामाङ घेदुङ कुवेतले अतिथि कलाकारका साथमा राष्ट्रिय सोनाम ल्होछार मनाउने

हिमाली संचार संवाददाता
८३९ पटक

दिलकुमार पाख्रीन
कुवेत १७, २०१९ डिसेम्बर : तामाङ भाषामा “ल्हो” भनेको वर्ग/बर्ष “छार” भनेको नयाँ ल्होछार अर्थात नयाँ बर्ष हो। ल्होछारको इतिहास निक्कै पुरानो छ। नेपालको सन्दर्भमा भन्दा तामाङ जाती पिछडाइएका जाती भएकोले राज्यले जबर्जस्ती हिन्दु परम्परा लादेको कारण पनि ल्होछार लोपोन्मुख बनेको छ।

त्यतिमात्रै होइन, जबर्जस्ती हिन्दुत्व लादेपश्चात बिर्सिसकेको आफ्नो चाड मनाउनका लागि देशमा प्रचारप्रसार गर्ने माध्यमको पनि पहुँच कम भएकोले पछिल्ला केही बर्षबाट मात्रै धुमधामले मनाउन थालेका छन।

ल्होछार खास गरेर तामाङहरुले सेतो टीका सहित मान्यजनबाट म्होलम (आशीर्वाद) लिएर टाढा टाढाका आफन्तहरुसंग पनि भेटघाट गरेर सबैले आ-आफ्नो मान्यजनकहाँ गएर भेटघाट, टीका आशीर्वाद थापेर खप्स्यो (ल्होछारमा खाइने परिकार) खाएर रमाइलो गरेर मनाउँदछन।

साँच्चिकै भन्ने हो भने नेपालका सबै जिल्लाका तामाङहरुलाइ ल्होछारको ईतिहास, ल्होछारको महत्त्व र कसरी मनाइन्छ भन्ने बारे अझै जानकारी नै छैन। त्यसैले पनि तामाङ जातिले अहिले यसलाइ प्रचारप्रसारको एक अभियानको रुपमा पनि मनाउने गरेका छन।

राज्यको सांस्कृतिक, धार्मिक, राजनैतिक, शैक्षिक तथा सामाजिक दमनबाट बल्ल टाउको उठाउँदै गरेका तामाङ जातिको भाषा, धर्म, संस्कार, संस्कृति र भेषभुषाको संरक्षण तथा संवर्द्धन र तामाङ जातिलाइ सामाजिक, राजनैतिक, शैक्षिक तथा आर्थिक रुपमा सब्बल र तामाङ जातिको उत्थान गर्न आज भन्दा झन्डै ६३ बर्ष पहिले २०१३ मा नेपाल तामाङ घेदुङको स्थापना भयो।

नेपाल तामाङ घेदुङको सोही मुल्य र मान्यतालाइ समर्थन गर्दै नेपाल तामाङ घेदुङको जिल्ला तथा नगर घेदुङ गठन हुन थाल्यो। त्यससंगै बढ्दो वैदेशिक रोजगारिले पनि विश्वका विभिन्न देशमा नेपाल अधिराज्यको तामाङहरुलाइ एकीकृत गर्दै प्रवास संगठनहरु निर्माण हुन थाल्यो। त्यसै क्रममा कुवेतमा पनि आज भन्दा ९ बर्ष अगाडी सन २०१० मा नेपाल तामाङ घेदुङ कुवेत स्थापना भयो।

नेपाल तामाङ घेदुङ केन्द्रको मूल्य मान्यतालाइ शिरोपर गर्दै त्यसबाहेक नेपाल तामाङ घेदुङ कुवेतले दैवी प्रकोप, सामाजिक तथा मानविय कार्यहरुका लागि कुवेतमा स्थापित बिभिन्न सञ्चार गृह, सामाजिक, राजनैतिक, धार्मिक तथा सांस्कृतिक संस्थाहरु संग सहकार्य गर्दै आइरहेको छ। नेपाल तामाङ घेदुङ कुवेतले हरेक बर्षमा तीन ओटा महत्त्वपूर्ण कार्यहरु सोनाम ल्होछार, बुद्ध जयन्ती/ञुङ्ने र वार्षिकोत्सब मनाउने गर्दछ।

यसपाली पनि नेपाल तामाङ घेदुङ कुवेतले आगामी फेब्रुअरी ७ तारिकका दिन नेपालका अत्यन्तै ख्यातिप्राप्त चार जना अतिथि कलाकारहरुको साथमा जिवा ल्हो (मुसा वर्ग) ल्होछार मनाउने भएको छ।

सो कार्यक्रम कुवेतको जिलिवस्थित नटिङ्घम ब्रीटिश स्कुलको प्राङ्गणमा तय भएको छ भने अतिथी कलाकारहरु क्रमशः मिना लामा, अन्जु लामा, जोगलाल लामा र यु बि मोग्रेसा रहेको “बृहत राष्ट्रिय सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रम २०२०” का संयोजक रेशम लामाले जानकारी दिएका छन।

“भाषा, धर्म, संस्कार र संस्कृति हाम्रो पहिचान! घर घरमा ल्होछार मनाउने हाम्रो अभियान!!” भन्ने मुलमन्त्रलाई आत्मासाथ गर्दै यो कार्यक्रम तय भएको उनले बताए।

उनले थप्दै भने “तामाङ जातिको मौलिकतालाइ अलि बढी फोकस गरेर तामाङ जातिकै मौलिकता सम्बन्धी योगदान पुर्‍याइरहनुभएका कलाकारहरुलाइ हामिले स्थान दिएका छौँ। हाम्रो अभियान अलिक पृथक पनि भएकोले यस सम्बन्धी बढी जानकार कलाकारहरु हामिले छानेका हौँ।”

संयोजक लामाले उक्त दिन कसैले पनि कार्यक्रम नजुधाइ कार्यक्रम हलमा उपस्थित भैदिनहुनका लागि कुवेतबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लगायत कुवेतका लागि नेपाली राजदूतावास, एनआरएन, संचारगृहहरु, सक्रिय विभिन्न संघसंस्थाहरुलाइ समेत अनुरोध गरेका छन।

तपशिल:

मिति : ०७ फेब्रुअरी २०२०
समय : दिउँसो १२ बजे
स्थान : नाईटिङ्घम ब्रीटिस स्कुल जिलिब
आयोजक : नेपाल तामाङ घेदुङ कुवेत।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...