News Portal

कुवेतका तीन किराती संस्थाहरुले उधौली चाड धुमधामसँग मनाए

हिमाली संचार संवाददाता
१०६३ पटक

कुवेत १४, २०१९ डिसेम्बर : तीन किरातीहरूको संयुक्तरुपमा उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार मौलिक झँकिकासाथ धुमधामसँग मनाए।

कार्यक्रमकाे समय ११ बजे भनेर अायाेजकले पत्र पठाए पनि अथिति नै ढिला अाएका कारणले गर्दा नै कार्यक्रम दुई घन्टा ढिला शुरु भएको थियो तर हामीले  समयको महत्व कहिल्यै पनि बुझेने तर एउटा कुरा हामीले  बुझ्नुपर्ने कुरा के छ भने कुन समय भनेको के हो र समयलाई पालन कसरी गर्ने भन्ने कुरामै हामी पछाडि छौं। अझ पनि हामीले समयलाई पालना गर्न नसकेकाे कारणले गर्दै नै हामी अगाडि पछाडि छौं।

किरातहरुको साझा अभियान” भन्ने नाराका साथ हिजो कुवेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा कुवेतमा कृयाशिल तीनवटा किराती संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले संयुक्तरुपमा उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार मौलिक झँकिकासाथ धुम धामको साथ मनाए।

तीन किरातीहरूको संयुक्तरुपमा उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार मौलिक झँकिकासाथ धुम धामको साथ मनाए।

किरात याक्थुम चुम्लुङ कुवेतको अध्यक्ष देबी लिम्बुका सभापतित्व र नेपाली राजदूतावासका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुखको आतिथ्यतामा सम्पन्न कार्यक्रमा संचालन रोशन राई र टिकाराम दुर्विच सुनुवार, मन्जु लवतीले संयुक्त रुपमा संचालन गरेको थिए भने कार्यक्रम संयोजक असोक लिम्बुले स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेको थियो।

उधौली, चासोक तङ्नाम र रापवा श्यादर पीदारको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राई, सुनुवार सेवा समाज कुवेत साखाका अध्यक्ष लाल बहादुर सुनुवार, किराँत याक्थुङ चुम्लुङ कुवेतको तर्फबाट नरेन्द्र लिम्बुले प्रष्ट पारेका थिए।

कार्यक्रमको सभापती प्रमुख अतिथि, बिशिष्ट अतिथि अतिथिहरुले सामुहिक रुपमा दिप प्रज्लन गरी उद्दघाटन गरियको थियो भने नेपाली राष्ट्रिय गीतबाट कार्यक्रमलाई मुर्तरुप दिइएको थियो। फर्वानियास्थित अडिटोरियम हलमा आयोजित कार्यक्रमको लागी कुवेतमा कृयाशिल संघसंस्थाका, प्रतिनिधी पत्रकार, कलाकार, खेलाडी, बुद्धिजिवी, समाजसेवी तथा सम्पूर्ण कुवेतवासी किरात गैर किरात दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

परम्परागत भेषभुषा लगाएर किराँत दाजुभाई तथा दिदि-बहिनीहरूले पारम्परीक परम्परागत बाजागाजाहरु एवं किराती संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाको साथ’साकेला’ नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच, सांगातिक प्रस्तुतिहरु लगायतका अन्य तीनवटा किराती संस्थाका कलाकारहरु सबिन दुमि राई, मन्जु लावती, याम बि सावा, माया राई, तुलसी सुनुवार राजकुमार राई ज्यान्ट्ल लिम्बुले आ-आफ्नो प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए भने कार्यक्रममा प्रस्तु गर्नु हुने कलाकारहरुलाई सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीले उधौलीको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन पर्देशको ठाँउमा लागि परेको भन्दै आउदो दिनहरुमा पनि यसरी नै निरन्तर दिनमा जोड़ दिदै आयोजक तीन किराती संस्थाहरुलाई शुभकामना सहित धन्यवाद दिएका थिए।

यसैगरी शुभकामना मन्तब्या दिने क्रममा गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसी, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब अध्यक्ष ईन्द्र पोखरेल,तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङ, नेपाल तामाङ घेदुङ कुवेतका सदस्य केसर घलान, तमु प्ये ल्हु संघ कुवेत शाखाको अध्यक्ष उमा गुरुङ, मगर संघ कुवेतकोउपाध्यक्ष बसन्त थापा मगर,समाजसेबी मधाब शर्मा लगयतले उधौलीको शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमको समापन गर्दै सभापति देबी लिम्बुले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी हातहरु, नेपाली राजदुताबास, कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई सबैलाई विशेष धन्यवाद दिएका थिए।

अन्तमा कार्यक्रममा उपस्थित पाहुनाहरुलाई नेपाली परिकारको भोजन को ब्याबस्था गरिएको थियो।कार्यक्रमलाई अतिनै भब्य र सब्य बनाउनको लागि आफनो पहिचान मौलिकता झल्काउने खालको गीत नृत्यहरु प्रस्तु गरि झनै सुगन्ध भर्ने काम साँस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले कार्यक्रम लाई थप मनोरञ्जनात्मक बनाएको थियो।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...