News Portal

  • वैदेशिक रोजगारीमा युएई पुगेका दीर्घराजको यसरी भयाे बिदाई कार्यक्रम

    हिमाली संचार संवाददाता
    ४८६ पटक

    आरपी ढुंगेल/युएई – वैदेशिक रोजगारीको लागि युएईमा कार्यरत करिब तीन लाख नेपालीहरुमा झापाका दीर्घराज भट्टराई एक हुन् । उनी कुनै विशेष मानिस होइनन् तर ११ वर्षको रोजगारीलाई अन्त्य गर्दै नेपाल फर्कने तयारी गरिरहेका भट्टराईलाई १३ डिसेम्बर शुक्रबार सम्मान थाप्न भ्याइनभ्याइ थियो।

    न उनी कुनै ठुला समाजसेवी हुन् न कुनै समाज/संस्थाका अध्यक्ष हुन् तर उनलाई १३ डिसेम्बरमा ३ समुहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर बिदाई गरेका छन्। हरेक दिन युएईबाट सयौंको संख्यामा दीर्घराज जस्ता नेपालीहरु नेपाल जान्छन् तर सबैले दीर्घराज जस्तो सम्मान पाउँदैनन् तर उनलाई मात्रै किन यस्तो सम्मान ?

    को हुन् दीर्घराज भट्टराई ?

    काम र दामको खोजीमा ११ वर्ष अगाडि युएई आएका दीर्घराज नाम जस्तै दीर्घकालीन सोच भएका सरल र इमानदार आम नेपाली हुन् । उनले ११ वर्स युएईमा रोजगारी गरिसकेपछि नेपालमा कृषि र पशुपालनको क्षेत्रमा एउटा दरिलो आयआर्जनको बाटो युएईबाट बनाएर फर्किन लागेका छन् ।

    आफू युएईमा सेक्युरिटीको काम गरेका छन् तर उनले नेपालमा एउटा कृषि फारममा लगानी गरेर नियमित आयआर्जन हुने आधार तयार पारेका छन् । उनलाई साथ दिएका छन् झापका लछुमन काफ्ले र काभ्रेका उत्तम बिकले। तीन जनाको लगानीमा काभ्रेको बनेपामा नव ज्योति कृषि फारम स्थापना गरेर लेयर कुखुरा, बाख्रा र तरकारी खेती १० महिना अगाडि सुरु गरेका छन्।

    अब दीर्घराजले नेपाल गएर के गर्ने भन्ने चिन्ता लिनुपर्ने छैन। प्रतिव्यक्ति ५ लाखको लगानीमा शुरु भएको उक्त फारमबाट दैनिक १५ सय अन्डा उत्पादन गरिरहेका छन् ।

    सामाजिक योगदान स्वरुप सम्मान

    एकता, सहयोग र सहकार्यको मुलमन्त्रमा आबद्ध युएईको सक्रिय जिल्ला स्तरीय सामाजिक संस्था झापाली समाज युएईको आजीवन सदस्य तथा दुबई क्षेत्रीय कोसाध्यक्ष दीर्घराज भटराईले झापाली समाज युएईको समाजको गरिमा बढाउन निर्वाह गरेको भुमिकाको उच्च मूल्याकंन गरेकोमा सम्मान गरेको छ।

    झापा बारदशी गाउँकापालिका वार्ड नं ५ का स्थायी वासिन्दा बुबा पशुपति भट्टराई आमा नरदेवी भट्टराईका पुत्र दीर्घराज सरल, इमानदार र समाजप्रति समर्पित व्याक्तित्व भएकोले भव्य तरिकाले बिदाई गरेको झापाली समाज युएई, दुबई क्षेत्रीय अध्यक्ष सनम दंगाालले बताएका छन्।

    सन् २००८ को डिसेम्बर ६ बाट शुरु भएको वैदेशिक रोजगारको यात्रा ११ वर्षपछि अन्त्य गरी नेपाल फर्कन लागेका भटराईलाई झापाली समाजका अतिरिक्त एकता बचत कोष, पाथीभरा बचत समुह, प्रगतिशील बचत समुहले पनि युएईबाट बिदाई कार्यक्रम आयोजना गरी सम्मान गरेका थिए। भट्टराई आगामी १९ डिसेम्बरमा नेपाल फर्कदै छन् । बिदाइ कार्यक्रममा सहभागी धेरैको प्रतिक्रिया थियो- बिदाइ होस् त दीर्घराजको जस्तो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...