News Portal

मकाउमा उधौली साकेला चाड यसरी मनाईयो [फोटो फिचर]

हिमाली संचार संवाददाता
१७९० पटक

सन्जिब कोयी
मकाउ १४, २०१९ डिसेम्बर : “भाषा, संस्कार र संस्कृतिको संरक्षण” गरौ भन्ने मुलनाराका साथ किरात राई यायोक्खा मकाउको आयोजनमा आयोजित उधौली साकेला चाड- ५०७९ कार्यक्रम मकाउमा रहेका नेपाली समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा किरात राई यायोक्खा मकाउका अध्यक्ष भीम कुमार राई (किरात) अध्यक्षमा उधौली साकेला सम्पन्न भएको छ।

अपह्रान्ह करिब २ बजे औपचारिक उद्घाटन भएको कार्यक्रम किरात राई यायोक्खा मकाउका महासचिव मंगल राईले स्वागत मन्तब्य साथै आयोजित कार्यक्रममा किरात राई यायोक्खा मकाउले हाम्रो समाजका विभिन्न क्षेत्रमा, विभिन्न सहयोग गर्दै आइरहेको छ।

द भोइस अफ नेपालको रियालिटी सो, कार्यक्रमका संस्करणबाट बाहिरिएकी भोजपुरकी बहिनी रीता राईलाई सहयोग गर्नु हुने सहयोगीहरुको सम्पूर्ण विवरण पढेर हार्दिक आभार ब्याक्त गर्दै धरानका पत्रकार पर्वतारोही देउराली चाम्लिङको निम्ति पनि सहयोग र सहकार्य गर्न समेत आग्रह गर्नु भएको थियो।

https://youtu.be/ImvZAboAtws

कार्यक्रम अवधी भरी फोटोग्राफर द्वय प्रकाश बुढाथोकी र केशव राईले कार्यक्रममा सहभागीहरुको फोटो लिन ब्यास्त देखिन्थे भने कार्यक्रमलाई थप आकर्षक गर्नका लागि कार्यक्रममा सहभागी माझ भाग्यशाली चिठ्ठाको समेत राखिएको थियो।

पितृ, सृष्टि र प्रकृतिलाई सर्वोपरी ठान्ने किरात समुदायले भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धनको लागि विश्व भरी एकै साथ ढोल झ्याम्टा र सिलिपोमा लिएर हामीले टेकेको भूमिको सम्मान स्वरुप आजको दिन विभिन्न पशुपक्षि लगायद यो जगतमा भएको विभिन्न प्राणीहरुको नक्कल गर्दै गोलाकार धेरामा नाचिने नाचलाई नै मुन्धुमी भाषामा शीली भन्ने गरिन्छ।

यसरी नाचिने नाच पछिल्लो समय नया पुस्ता आकर्षित हुदै गएको छ भने किरात समुदायाले ब्यापक बनाउदै लैजाने प्रयास गरिरहेका छन्। किरात राई यायोक्खा मकाउका भूतपुर्व सचिव गंगा कुमार राईले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रम बोडर गेट पोर्तास मकाउमा सम्पन्न भएको हो।

थप तस्बिरहरु हेर्नुहोस:

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...