आज : २०२६-०६-०७, आइतबार

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबले २० डिसेम्बरमा आठौ महाधिवेशन तथा वार्षिकोत्सब मनाउदै

कुवेत ३०, २०१९ नोभेम्बर : लामो समय देखी कुवेतको नेपाली समाजमा क्रियाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ कुवेतको आठौ महाधिवेशन तथा वार्षिकोत्सब आगामी डिसेम्बर महिनाको २० तारिख शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा गर्ने भएको छ।

शुक्रबार २९ नोवेम्बरका दिन कुबेतको फर्वानियास्थित पार्कमा ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा बसेको क्लबको २२५ औं मासिक बैठकले सो बिषयमा छलफल गर्दै आगामी डिसेम्बर महिनाको २० तारिख शुक्रबारको दिन गर्ने तय गरेको हो।

कुवेतमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

क्लवका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ। क्लवको नयाँ नेतृत्वको लागि को-को प्रतिश्पर्धामा छन त भन्ने सवालमा क्लवले भनेको छ, “कसैले प्रतिश्पर्धा गर्ने छैनन् जुन संस्था प्रति इमान्दार र स्वच्छ छवि भएको र संस्थालाई आत्मसात गर्दै अगाडि बढाउन सक्षम छ त्यस्तो ब्यक्तित्व नै नयाँ नेतृत्वमा सर्व-सहमतिमा चुनिने छ।

उक्त अधिबेशन तथा वार्षिकोत्सबलाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

       तपशिल:

मिति : २० डिसेम्बर २०१९ शुक्रबार
समय : बिहान ११ बजे
स्थान : युनिक अडिटोरियम हल फर्वानिया
कार्यक्रम : आठौ अधिबेशन तथा वार्षिकोत्सब
आयोजक : माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत।