News Portal

तामाङ घेदुङ कुवेतको अधिवेशन सम्पन्न, अध्यक्षमा सुरेश ग्यावा र महासचिवमा कृष्ण तामाङ चयन

हिमाली संचार संवाददाता
६६८ पटक

कुवेत २३, २०१९ नोभेम्बर : नेपाल तामाङ घेदुङ कुवेतको नवौ वार्षिकोत्सव तथा तेस्रो अधिवेशन कुवेतको फर्वानियास्थित अडिटोरिम हलमा शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमको सुरुवात राष्ट्रियगानसंगै दिल कुमार पाख्रिनको मन्तव्यद्वारा उपस्थित पाहुनाहरुलाई स्वागत गरिएको थियोे।

नवौ वार्षिकोत्सव तथा तेस्रो अधिवेशन कार्यक्रम नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य राम लामा, तामाङ घेदुङ कुवेतका संरक्षक राजेन्द्र तामाङ, अध्यक्ष सुरेश ग्याबा, सरोकार समाज कुवेतका अध्यक्ष राम तामाङ, ट्याक्सी ब्याबसायी संघ कुवेतका अध्यक्ष सुनबहादुर तामाङ लगायतका अथितिहरुद्वारा सामुहिक केक काटेर उद्घाटन गरिएको थियोे।

त्यस्तै नेपाली समाज कुवेतका अध्यक्ष निर्मल स्याङ्तान, सरोकार समाजका अध्यक्ष राम तामाङ, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ लगायतका ब्यक्तित्वहरुले आ-आफ्नो शुभकामना मन्तब्य राखेका थिए।

नेपाल तामाङ घेदुङ कुवेतको नवौ वार्षिकोत्सव तथा तेस्रो अधिवेशनले आगामी २ बर्षको लागि क्रमशः सुरेश ग्याबालाई अध्यक्ष र कृष्ण बहादुर तामाङलाई महासचिबमा पुनः चयन गर्दै ४५ सदस्यीय मुल कार्यसमिती सर्वसम्मत चयन गरेका छन।

कार्यक्रमलाई भव्य र सभ्य रुपले सफल पार्नका लागि कुवेतका मिडियाकर्मीहरु लगायत कुवेतका विभिन्न स्थानबाट तामाङ दाजुभाई तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिती रहेको थियो।

उक्त कार्यक्रमको सहजीकरण संस्थाका महासचिब कृष्ण बहादुर तामाङले गरेका थिए भने सुरेश ग्यावा तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...