News Portal

कर्मचारीकी श्रीमती, मालिककी गर्लफ्रेन्ड : हैसियतको कुरा गर्नेको खुल्यो रहस्य !

हिमाली संचार संवाददाता
७७९ पटक

आरपी ढुंगाना
युएई १६, २०१९ नोभेम्बर : एउटा रेस्टुरेन्टमा नियमित आउने केटी ग्राहकलाई सोही रेस्टुरेन्टमा काम गर्ने वेटरले एकतर्फी मन पराउन थाल्छ। आफ्नो रूप र वैसमा घमण्ड गर्ने ती सुन्दरी ग्राहक केटीले ती वेटरलाई मतलबै गर्दिनन्।

वेटरले पनि आफ्नो चोखो माया ती सुन्दरीलाई समर्पण गर्दै प्रेम प्रस्ताव राख्छ तर प्रतिउत्तरमा गाली र ब्यजतीमात्रै होइन, वेटरलाई कफी नै खन्याएर जान्छिन्। यो घटनाले केटाको जीवनमा गहिरो प्रभाव पर्छ । आफु सामान्य कामदार भएका कारण अपमानित भएको महसुस गर्छ र आफ्नो योग्यता अनुसारको राम्रो कामको खोजीमा निस्कन्छ।

अध्ययन र प्रमाणपत्रको आधारमा इन्जिनियरिङको क्षेत्रमा काम गरी एक कम्पनीको मालिक बन्छ। केहीलाई रोजगारी पनि दिन्छ। पहिले वेटर भनी हेला गरेकी ती सुन्दरी युवतीका श्रीमान पनि उसको कम्पनीमा काम गर्न पुग्छन्।

सपिङ गरेर निस्कने क्रममा उनीहरूको जम्काभेट हुन्छ। वेटर भनी बेवास्ता गरिएको व्याक्ति नै आफ्नो श्रीमानको बोस भन्ने थाहा पाएपछि ती सुन्दरीलाई असली हैसियत थाहा हुन्छ। मालिकले आफ्नो एनिभर्सरी पार्टीमा दुबै जनालाई निमन्त्रणा गर्छ।

वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका कलाकारहरुले तयार पारेको लघु चलचित्र हैसियतले सन्देशमुलक र प्रेरणादायी कथा बोकेको छ। युएईमा श्रमरत कलाकारहरु
राम शरण पाण्डे, सरिता थपलिया, इन्द्र सिन्चुरी, रन्जित रिजाल, बिनोद कार्की, लाक्पा युटी शेर्पा,अनुप्रिया पन्त र धनु सिम्खडाले अभिनय गरेको यो लघु चलचित्रको छायांकन लालबहादुर ढेंगाले गरेका हुन्।

बिटुके एसिया च्यानलबाट सार्वजनिक यो लघुचलचित्र अरुण सुनुवारले सम्पादन गरेका हुन्। यस लघु चलचित्रको निर्माता बिटुके एसिया च्यानल हो भने यसको लेखन तथा निर्देशन इन्द्र सिन्चुरीले गरेका हुन्। लेखन, निर्देशन र अभिनयमा युएईको नेपाली समुदायमा राम्रो संभावना बोकेका सिन्चुरी सामाजिक अभियन्ता पनि हुन्।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...