News Portal

आमाकै कारण तेक्वान्दो खेलाडी भएँ : रेजिना कार्की

हिमाली संचार संवाददाता
५९६ पटक

सिर्जना दुवाल श्रेष्ठ
काठमाडौं : म आज खेलाडीका रूपमा चिनिनुमा मेरी ममीको हात छ। अझै पनि सम्झन्छु, होमवर्क नगरी खेल्न दगुरेको। यसरी खेल्न जाँदा ममीले कहिल्यै गाली गर्नुभएन। ममीका धेरै जना साथी तेक्वान्दो खेलाडी थिए। त्यसैले पनि मलाई ५ वर्षकै उमेरमा ममीले तेक्वान्दोमा भर्ना गरिदिनुभयो।

मलाई पनि सानैदेखि यो खेल खेल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। म खेलमा यति क्रेजी थिएँ कि स्कुल ड्रेसको भित्र तेक्वान्डो ड्रेस लगाएर समेत जान्थें। मेरो खेलप्रतिको रुचि ड्याडीलाई त्यतिबेला खासै मन पर्दैनथ्यो तर ममीकै कारण मैले रोकिनु परेन।

खेल्दा कतिपल्ट हातखुट्टा भाँचिए तर ममीले नखेल भन्नुभएन। परिवारमा हामी ४ जना छोरी थियौं। आफन्तहरूले छोरा छैन भनेर कुरा काट्थे तर बुवा–ममीले कहिल्यै हामीप्रति भेदभावपूर्ण व्यवहार गर्नुभएन।

ममीले सधै मेरा छोरीहरू कुनै छोराभन्दा कम छैनन्, केही गरेर देखाउनुपर्छ भन्नुहुन्थ्यो। त्यसैले पनि मेरो मनमा सधैं राम्रो खेल्छु भन्ने सोच आउँथ्यो। ममीले पनि समाजले काटेका कुनै कुरामा ध्यान नदिई मेरो खेलप्रतिको रुचि पूरा गरिदिनुभयो।

म ममीसँग हरेक कुरा निसंकोच खोल्न सक्छु। उहाँ मेरो खेललाई जति प्रोत्साहन दिनुहुन्छ त्यति नै गलत काममा सिपाही बनेर पहरेदारी पनि गर्नुहुन्छ। ममीको यही व्यवहारले नै ममा के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्ने चेतना आएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...