News Portal

कुवेत आएको डेढ महिनामै दाङका जबिन्द्रको मृत्यु

हिमाली संचार संवाददाता
८७९ पटक

कुवेत ११, २०१९ नोभेम्बर : वैदेशिक रोजगारीको लागि कुवेत आएका दाङका एक नेपालीको मृत्यु भएको छ।

गत सेप्टेम्बर २७ तारिखमा मरिना थाई रेष्टुरेन्टमा कामका लागि कुवेत आएका घोराही उपमहानगरपालिका वडा नम्बर २ सुकेडाँगीका ३६ वर्षीय जबिन्द्र परियारको यहाँ आएको डेढ महिना नबित्दै उपचारको क्रममा ज्यान गएको हो।

दुई दिन मात्रै ड्युटी गरेका उनलाई एक्कासी टाउको दुखेपछि अक्टोबर २ तारिखमा फर्वानियाको अल सिफा अस्पातमा पुर्‍याईएको थियो तर उनको त्यहाँ उपचार हुन नसकेपछि एक हप्तामा फर्वानिया अस्पातलमा रिफर गरिएको थियो।

अस्पताल श्रोतका अनुसार उनलाई मस्तिस्कमा क्षयरोग लागेको र लामो समय उपचार गर्दा पनि डाक्टरले बचाउन नसकेको मुतकका भाई शैलेन्द्र परियारले जानकारी दिए।

परियारको शनिबार राती मृत्यु भएको हो। उनको घरमा एक छोरा एक छोरी छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...