News Portal

प्रधानमन्त्री मोदीको आलोचना गर्ने पत्रकारको गैरआवासीय नागरिकता खारेज

हिमाली संचार संवाददाता
८१८ पटक

नयाँदिल्ली : भारतले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा आलोचनात्मक समाचार लेखेका पत्रकार तथा लेखक आतीश अली तासीरको ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) खारेज गरिदिएको छ।

भारतको गृह मन्त्रालयले नागरिकता ऐन, १९५५ अनुसार तासीरको ओसीआई खारेज गरेको जनाएको छ। ओसीआई कार्ड भारतीय मूलका विदेशीले पाउने नागरिकतासरह मानिन्छ। ओसीआई कार्ड भएपछि भारतमा आउने जाने, व्यापार व्यावसाय, नोकरी गर्न पाइन्छ तर मतदान र संवैधानिक पदमा पुग्ने अधिकार भने हुँदैन।

भारतीय गृह मन्त्रालयका अनुसार पाकिस्तानी हजुरआमा हजुरबाबा, आमाबाबु हुनेलाई ओसीआई प्रदान गरिँदैन। तासीरका बुबा पास्कितानी हुन। तासीरले गत बैशाखमा अमेरिकाको प्रतिष्ठित पत्रिका टाइम म्यागजिनमा मोदीको विषयमा समाचार लेखेका थिए। ‘इन्डियाज डिभाइडर इन चिफ (महाविभाजनकारी)’ शीर्षकमा सात महिना पहिले प्रकाशित समाचारकै कारण तासिरको ओसीआई रद्द गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

बाबुको पहिचान लुकाएकाले खारेज : गृह मन्त्रालय

भारतले भने बाबुको पहिचान लुकाएर लिइएको ओसीआई खारेज गरेको जनाएको छ। भारतीय गृह मन्त्रालयकी प्रवक्ताको आधिकार ट्वीटर हेन्डलमा लेखिएको छ, ‘आतिश अलीले आवेदन दिने बेलामा आफ्ना बाबु पाकिस्तानी मूलका हुन भन्ने कुरा लुकाएका थिए।’

ओसीआई कार्डको विषयमा विवाद उठेपछि आफूहरूले तासीरलाई जवाफ दिने मौका दिएको तर उनी जवाफ दिन असफल रहेको गृह मन्त्रालयको भनाई छ। उनी भारतीय कानून अनुसार ओसीआई लिन अयोग्य रहेको मन्त्रालयको ठहर छ। सञ्चार माध्यमहरूले भने जस्तो मोदीको आलोचना गरेका कारण ओसीआई खारेज नभएको गृह प्रवक्ताको ट्वीटमा उल्लेख छ।

जवाफको मौका दिइएन : तासीर

पत्रकार तथा लेखक तासीरले भारतीय गृह मन्त्रालयको भनाइको खण्डन गरेका छन। आफूलाई जवाफ दिनका लागि २१ दिनको सट्टा जम्मा २४ घण्टा दिइएको उनको भनाइ छ। तासीरले गृह मन्त्रालयबाट आएको मेलबक्सको स्किनसट सहित आफूलाई स्पष्टीकरणको मौकासमेत नदिएको जनाएका छन्।

पत्र पाएको दुई घण्टापछि नै आफ्नो ओसीआई रद्द गरिएको तासीरको दाबी छ। आफूले पठाएको जवाफलाई सम्बन्धित निकायले रेस्पोन्स नै गरेको तासीरले ट्वीट गरेका छन्। ओसीआई खारेजीलाई उनले कुटील षडयन्त्र भनेका छन्। खारेज भएको ओसीआईको कार्ड न्यूयोर्कस्थित भारतको महावाणिज्यदूतावासमा बुझाउन भनिएको छ।

को हुन् तासीर ?

तासीर सन् १९८० मा लण्डनमा जन्मेका हुन। उनी पाकिस्तानका उदारवादी नेता सलमान तासीर र भारतीय पत्रकार तवलीन सिंहका छोरा हुन। पञ्जाबको पूर्वगर्भनर रहेका तासीरका बुबाको निधन भइसकेको छ। सलमान तासीर १९८० को दशकदेखि पाकिस्तान पिपुल्स पार्टीमा आवद्ध थिए। तासीरका बुबा सलमान १९८८ मा पञ्जाबसभाका लागि लाहोरबाट निर्वाचित भएका थिए।

टाइम म्यागजिनमा कार्यरत तासीरको लेख प्रस्पेक्ट, द सन्डे टाइम्स, द सन्डे टेलिग्राम, फाइनास्सीयल टाइम्स जस्ता पत्रपत्रिकामा प्रकाशित छन्। तासीरले आफू नयाँ दिल्लीमा हुर्किएका हुन्। उनले दुई वर्षदेखि १० वर्षसमम र २६ वर्षदेखि ३५ वर्षसम्म भारतमा रहेको बताएका छन्। उनले भारतमा आफ्नो बैंक खाता, आधार कार्ड रहेको र भारतमै कर तिर्ने गरेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...