News Portal

आगलागी पीडितलाई पाल्पाली समाज युएईले गर्‍यो आर्थिक सहयोग

हिमाली संचार संवाददाता
१४८६ पटक

आरपी ढुंगाना
युएई २८, २०१९ अक्टोबर : पाल्पाली समाज युएईले पाल्पाका आगजनि पीडितलाई आर्थिक सहयोग गरेको छ। समाजका प्रथम उपाध्यक्ष कैलाश अर्यालका अनुसार पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ गुहारथानाका दुई घर आगलागी पीडितलाई पाल्पाली समाज युएईले ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

गत असोज ३० गते आगालागी हुँदा स्थानीय प्रेमबहादुर रास्कोटी र शेरबहादुर रास्कोटीको घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएका थिए। अचनाक विद्युत सट भई गुहारथानाका प्रेमबहादुरको दुई तले फुसले छाएको घर गोठ जलेर नष्ठ भएका थिए। त्यस्तै सोही स्थानका शेरबहादुरको पनि दुई तले फुसले छाएको कच्चि घर र गोठ पूर्ण रुपमा क्षति भएका थिए।

पाल्पाली समाज युएईका अभियन्ताहरु वेदप्रसाद अर्याल, ओमकुमारी खाँडहरुको एक समुहले संकलन गरी पठाएको उक्त सहयोग रकम स्थानीय जीवनज्योति निमावीका शिक्षक शंकर पौडेलबाट स्थानीय जनप्रतिनिधिहरुको संयोजनमा युएईको बसाइलाई बिट मार्दै नेपाल गएका समाजका संरक्षक गितामणि पाण्डे, केन्द्रीय कोषाध्यक्ष राजेश गैरे, अबुधाबी क्षेत्र कोषाध्यक्ष दिनेस भण्डारी, रामबहादुर राउतको उपस्थितिमा पीडित परिवारलाई गत कात्तिक ८ गते शुक्रबारका दिनमा पीडितहरुकै घरमा हस्तान्तरण गरिएको हो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...