News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतले महाकबि देवकोटाको ११०औं जन्मजयन्ती मनायो

    हिमाली संचार संवाददाता
    ६३२ पटक

    अक्टोबर २६, २०१९ कुवेत : कुवेतमा ११० औं लक्ष्मी जयन्ती तथा साहित्य वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको आयोजनामा २५ अक्टोबर २०१९ को दिन कुवेतको जिलिब स्थित नेपा फुडल्याण्ड फेमिली रेष्टुरेण्टको सभाहलमा महाकविको तस्विरमा माल्यार्पण, शुभकामना आदानप्रदान, साहित्य वाचन, नाटक मञ्चन तथा देउसी भैलो खेलेर अत्यन्तै धुमधामको साथ मनाइएको हो।

    समाजका अध्यक्ष हेमराज न्याैपाने “हिमाल अञ्जान” को अध्यक्षमा तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा राष्ट्रियगान, महाकविको तस्विरमा अविर तथा माल्यार्पणबाट अगाडि बढिएको उक्त समारोहको अतिथिहरूमा कोसेली समुहका अध्यक्ष आनन्द आचार्य, सुदरपश्चिमेली नेपाली समाजका संरक्षक तथा साहित्यिक श्रष्टा अमर खड्का, सुदुरपश्चिमेली नेपाली समाजकी अध्यक्ष निरूमाया खड्का, स्याङ्जा समाजका अध्यक्ष शिब कोइराला,झापाली समाजका संरक्षक सल्लाहकार ध्रुब कुमार संग्राैला(कुमार झापाली), अल्मुल्ला एक्सचेञ्जका नेपाली करिडोर म्यानेजर भुवन सवेदी, लालीगुराँस साँस्कृतिक परिवार अध्यक्ष माधब पाैडेल “असल यात्री”, मोरङ-सुन्सरी सेवा समाजका अध्यक्ष अरूण लिम्बु, नेवा गुठी कवेतका अध्यक्ष सुरज मास्के, हिमालीसंचारका अध्यक्ष कमल सिम्ताली, सिर्जनशील युवा समाजका अध्यक्ष पुष्करसिंह धामी, हिमालीसंचारका प्रधानसम्पादक हरि बहादुर बानियाँ, लुम्बिनी समाजकी उपाध्यक्ष शान्ता भण्डारी, नेपाली जन-एकता समाजका महासचिब खुम रायमाझी, सामाजिक अभियन्ता दुर्गा ढकाल लगायत साहित्यप्रति रूचि राख्ने थुप्रै साहित्यप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूकाे उपस्थिति थियो।

    महाकवि लक्ष्मी प्रसाद देवकोटाको संक्षिप्त जीवनी बारेमा प्रकाश पारिएको उक्त कार्यक्रममा प्रमुख अतिथि लगायतका वक्ताहरूले शुभकामना दिँदै वहुआयमिक प्रतिभाका धनि एवं नेपाली साहित्यका शिखर पुरूष महाकवि लक्ष्मी प्रसाद देवकोटालाई वर्षको एक दिन सम्झिएर मात्रै पुग्दैन।

    महाकविले देखाएको जस्तै जातले होइन विचारले मानिस ठुलो हुन्छ भन्दै जस्तै विशम् परिस्थितिमा पनि आफ्नो ज्ञान, शीप, दक्षता, प्रतिभा पष्फुटन गर्न, अभिवयक्त गर्न वा कर्मक्षेत्रमा अगाडि बढ्न विचलित हुनुहुदैन। महाकविको जीवनीबाट सिक्दै ब्यवहारमा उतार्नुपर्ने बताउँदै २०७६ सालको शुभ दिपावालीको शुभकामना दिएका थिए।

    हिँजोकै कार्यक्रबाट साहित्यलाइ माया गर्ने र २ वटा कृति प्रकाशन गरि सकेका समाजसेवी तथा अग्रज व्यक्तित्व कुमार झापालीलाइ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरकाे सल्लाहकारकाे रूपमा मनाेनित गरिएको थियो।

    उत्कृष्ट गजलकार एवं कुशल कार्यक्रम प्रस्तोता अमर खड्काद्वारा संचालित उक्त कार्यक्रमलाइ कार्यक्रम संयाेजक गोविन्द प्रसाद तिम्सिनाले कार्यक्रममा उपस्थित सबैलाइ साहित्यिक स्वागत गरेका थिए।

    कार्यक्रममा तिलाचन बस्याल, निरूमाया खड्का, आनन्द आचार्य, दिपक सुनार, हरि कडेल, गगन बिष्ट लगायत दर्जनाै साहित्यप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूले कविता, गीत, गजल र मक्तक वाचन गरेका थिए भने हरेक सर्जकले आ-आफ्ना मिठा मिठा रचना बाचन गरिरहँदा वाह वाह र गड्गडाहट तालीले कार्यक्रम हल गुञ्जायमान भएको थियो।

    कार्यक्रममा महाकविको पहिलो र नेपाली बजारमा अहिलेसम्मकै अधिक बिक्री भएको उत्कृष्ट कृति “मुना-मदन” को कथामा आधारित रहेर माधव पाैडेल, निरूमाया खड्का, सन्ध्या मगर, हरि बहादुर बानियाँ लगायतका कलाकारहरूले नाटक मञ्चन गरेका थिए।

    कार्यक्रमका सभाध्यक्षद्वारा साहित्य वाचन संगसँगै कार्यक्रम सफल पार्नको लागि ब्यानर बनाइ सहयोग गर्ने झापाली समाज कुवेत, कार्यक्रमको हल उपलब्ध गराइदिने रेष्टुरेण्ट संचालक डोलराज न्याैपाने, समाचार सम्प्रेषण गरि सहयोग गर्ने मिडियाहाउसहरू लगायत प्रत्यक्ष/परोक्षरूपमा साथ सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिंदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अब त्रैमासिक रूपमा साहित्य वाचन कार्यक्रम गर्ने पनि घोषणा गर्दै नेपालीहरूकाे दोश्रो ठुलो महान चाड तिहारको शुभकामना दिंदै कार्यक्रमको समापन गरेका थिए भने कार्यक्रमको अन्तिममा देउसी भैलो खेलेर कार्यक्रमलाइ मनोरञ्जनात्मक बनाइएको थियो।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...