News Portal

  • युएईका पाल्पाली युवाहरूबाट सहयोग हस्तान्तरण

    हिमाली संचार संवाददाता
    ६८५ पटक

    आरपी ढुंगाना
    अक्टोबर २६, २०१९ युएई : वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका केही पाल्पाली युवाहरूले आफ्नो गाउँको विपत्तिमा सहयोग गरेका छन्।

    पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ गुहारथानाका दुई घर आगलागी पीडितलाई युएईमा रहेका पाल्पाली युवाहरु र नेपालमा रहेका केही सहयोगी व्यक्तित्वहरुले आर्थिक तथा भौतिक सहयोग हस्तान्तरण गरेको पाल्पाली समाज युएईका प्रथम उपाध्यक्ष कैलाश अर्यालले जानकारी दिए।

    समाजका प्रथम उपाध्यक्ष अर्यालका अनुसार युएईबाट कैलाश अर्याल, नारायण कुँवर र सुमन खड्काले पीडित परिवारको राहतका लागि ११ हजार रुपैयाँ, धनबहादुर रायमाझीबाट १ हजार र नेपाल स्थित प्रतिनिधि शंकर पौडेल र यसाेदा पैाडेलबाट १/१ हजार रुपैयाँ यस अभियानमा सहयोग प्राप्त भएको छ।

    साथै, डुकबहादुर अर्यालले पनि आगजनी पीडितको सहयोगका लागि १ हजार रुपैयाँ र अाकाश रायमाझीले ५० केजी चामल माधब पाैडेलबाट १ सय केजी चामल, दाल पाँच केजी, १० प्रती सर्ट वितरण गरिएको नेपालबाट माधव पाैडेल, यसाेदा पाैडेल र डुक बहादुर अर्यालले जानकारी दिएका छन्।

    केही अपुग सामग्री पुन वितरण गरिने दाताहरुले बताएका छन्। यो अभियानमा साथ दिने सबै दाताहरु र वितरण कार्यक्रमका प्रमुख अतिथि रामबहादुर राउत लगायत सम्पुर्ण महानुभावलाई अभियन्ता कैलाश अर्यालले धन्यवाद प्रकट गरेका छन्।

    गत असोज ३० गते आगालागी हुँदा स्थानीय प्रेमबहादुर रास्कोटी र शेरबहादुर रास्कोटीको घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएका थिए। अचनाक विद्युत सट भई गुहारथानाका प्रेमबहादुरको दुई तले फुसले छाएको घर गोठ जलेर नष्ठ भएका थिए।

    त्यस्तै सोही स्थानका शेरबहादुरको पनि दुई तले फुसले छाएको कच्चि घर र गोठ पूर्ण रुपमा क्षति भएका थिए।

    पाल्पाली युवाहरुले युएईबाट संकलन गरी पठाएको उक्त सहयोग रकम स्थानीय जीवनज्योति निमावीका शिक्षक शंकर पौडेलबाट स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।

    पाल्पाली समाज युएईले पनि सोही आगलागी पीडितहरुको सहयोगका लागि युएईबाट ४० हजार रुपैयाँ छुट्टै सहयोग गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...