News Portal

  • दूतावासको प्रतिनिधि भन्दै ठगी, सचेत रहन दूतावास युएईको आग्रह

    हिमाली संचार संवाददाता
    ४११ पटक

    रुपेस अधिकारी
    अक्टोबर २२, २०१९ युएई : आफू दूतावासको तर्फबाट काम गर्ने प्रतिनिधि हुँ भन्दै केही नेपालीले ठगी गरिरहेको जानकारी पाएपछि युएईस्थित नेपाली राजदूतावास झस्किएको छ।

    युएईमा रहँदै आएका केही नेपालीले आफूलाई दूतावासको प्रतिनिधि भन्दै सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने गरेको सुइँको पाएपछि दूतावास चनाखो बनेको हो।

    आवुधावीस्थित नेपाली दूतावासले कसैको पनि विश्वासमा नपर्न युएईका सम्पूर्ण नेपालीमा आग्रह गरेको छ।

    ‘दूतावासका तर्फबाट काम गर्ने प्रतिनिधि हुँ भन्दै सेवा प्राप्त गर्न सहजीकरण गरिदिने गलत आश्वासन दिँदै दूतावासबाट प्रदान गरिने विभिन्न सेवाका लागि सरकारले तोकेको भन्दा बढी अशुल्ने गरेको बुझिएको छ।

    दूतावासले मंगलबार एक सूचना प्रकाशित गर्दै भनेको छ, ‘यस विषयमा दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ, यस दूतावासले कुनै पनि व्यक्ति वा संस्थालाई कुनै किसिमको प्रतिनिधि तोकेको छैन।

    भ्रम सिर्जना गरी अतिरिक्त शुल्क नअसुल्न दूतावासले सबैमा सूचित गरेको छ।

    कसैको भ्रम वा आश्वासनमा नपर्न आग्रह गर्दै दूतावासले कसैले यस्तो कार्य गर्न खोजेमा दूतावासमा जानकारी गराउन अनुरोध गरेको छ।

    दूतावासबाट प्रवाह गरिने सेवासुविधाका लागि आवश्यक पर्ने कागजात, सेवा शुल्क लगायतका अन्य जानकारीहरु दूतावासको वेभसाइटबाट प्राप्त गर्न सकिने बताइएको छ। सेवा प्राप्त गर्नका लागि थप जिज्ञासा भएमा दूतावासका कर्मचारी विकास अर्याललाई ०५०७०९३३२६ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

    दूतावासबाट प्रदान गरिने कन्सुलर लगायतका सेवासुविधा सरल, सहज र सेवाग्राहीमैत्री तवरबाट प्रवाह गर्न दूतावास सदैव प्रतिवद्ध रहेको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए।

    सेवासुविधा सरल र सहज बनाउन दूतावासले डिजिटल टोकन प्रणाली लागु गर्न सुरु गरेको छ।

    ‘सेवाग्राहीलाई छिटो-छरितो, मर्यादित र आधिकारिक रुपमा जानकारी उपलब्ध गराउन अलग्गै मोबाइल नम्बरको व्यवस्था गर्नेजस्ता सुधारका थालनी पनि गरिएको छ,’ दूतावासले जारी गरेको सूचनामा उल्लेख छ।

    मृतक नेपालीको शव नेपाल पठाउन नो अब्जेक्सन सर्टिफिकेट जारी गर्नेजस्ता अत्यावश्यक सेवाहरु दूतावासले विदाका दिनलगायत जुनसुकै बेला उपलब्ध गराउँदै आएको छ।

    सेवाग्राहीको मर्म र आवश्यकतालाई मध्यनजर गरी आगामी दिनमा अझ व्यवस्थित, छिटो-छरितो र प्रभावकारी सेवादिन दूतावास प्रतिवद्ध रहेको उक्त सूचनामा उल्लेख छ।

    सेवा प्रवाहका विषयमा कुनै गुनासो भएमा दूतावासका गुनासो सुन्ने अधिकारी भुवन ओझालाई सम्पर्क गर्न सूचनामार्फत् अनुरोध गरिएको छ।

    दूतावास युएईद्वारा जारी सूचना यस्तो छ:

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...