News Portal

दूतावासको प्रतिनिधि भन्दै ठगी, सचेत रहन दूतावास युएईको आग्रह

हिमाली संचार संवाददाता
४८५ पटक

रुपेस अधिकारी
अक्टोबर २२, २०१९ युएई : आफू दूतावासको तर्फबाट काम गर्ने प्रतिनिधि हुँ भन्दै केही नेपालीले ठगी गरिरहेको जानकारी पाएपछि युएईस्थित नेपाली राजदूतावास झस्किएको छ।

युएईमा रहँदै आएका केही नेपालीले आफूलाई दूतावासको प्रतिनिधि भन्दै सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने गरेको सुइँको पाएपछि दूतावास चनाखो बनेको हो।

आवुधावीस्थित नेपाली दूतावासले कसैको पनि विश्वासमा नपर्न युएईका सम्पूर्ण नेपालीमा आग्रह गरेको छ।

‘दूतावासका तर्फबाट काम गर्ने प्रतिनिधि हुँ भन्दै सेवा प्राप्त गर्न सहजीकरण गरिदिने गलत आश्वासन दिँदै दूतावासबाट प्रदान गरिने विभिन्न सेवाका लागि सरकारले तोकेको भन्दा बढी अशुल्ने गरेको बुझिएको छ।

दूतावासले मंगलबार एक सूचना प्रकाशित गर्दै भनेको छ, ‘यस विषयमा दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ, यस दूतावासले कुनै पनि व्यक्ति वा संस्थालाई कुनै किसिमको प्रतिनिधि तोकेको छैन।

भ्रम सिर्जना गरी अतिरिक्त शुल्क नअसुल्न दूतावासले सबैमा सूचित गरेको छ।

कसैको भ्रम वा आश्वासनमा नपर्न आग्रह गर्दै दूतावासले कसैले यस्तो कार्य गर्न खोजेमा दूतावासमा जानकारी गराउन अनुरोध गरेको छ।

दूतावासबाट प्रवाह गरिने सेवासुविधाका लागि आवश्यक पर्ने कागजात, सेवा शुल्क लगायतका अन्य जानकारीहरु दूतावासको वेभसाइटबाट प्राप्त गर्न सकिने बताइएको छ। सेवा प्राप्त गर्नका लागि थप जिज्ञासा भएमा दूतावासका कर्मचारी विकास अर्याललाई ०५०७०९३३२६ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

दूतावासबाट प्रदान गरिने कन्सुलर लगायतका सेवासुविधा सरल, सहज र सेवाग्राहीमैत्री तवरबाट प्रवाह गर्न दूतावास सदैव प्रतिवद्ध रहेको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए।

सेवासुविधा सरल र सहज बनाउन दूतावासले डिजिटल टोकन प्रणाली लागु गर्न सुरु गरेको छ।

‘सेवाग्राहीलाई छिटो-छरितो, मर्यादित र आधिकारिक रुपमा जानकारी उपलब्ध गराउन अलग्गै मोबाइल नम्बरको व्यवस्था गर्नेजस्ता सुधारका थालनी पनि गरिएको छ,’ दूतावासले जारी गरेको सूचनामा उल्लेख छ।

मृतक नेपालीको शव नेपाल पठाउन नो अब्जेक्सन सर्टिफिकेट जारी गर्नेजस्ता अत्यावश्यक सेवाहरु दूतावासले विदाका दिनलगायत जुनसुकै बेला उपलब्ध गराउँदै आएको छ।

सेवाग्राहीको मर्म र आवश्यकतालाई मध्यनजर गरी आगामी दिनमा अझ व्यवस्थित, छिटो-छरितो र प्रभावकारी सेवादिन दूतावास प्रतिवद्ध रहेको उक्त सूचनामा उल्लेख छ।

सेवा प्रवाहका विषयमा कुनै गुनासो भएमा दूतावासका गुनासो सुन्ने अधिकारी भुवन ओझालाई सम्पर्क गर्न सूचनामार्फत् अनुरोध गरिएको छ।

दूतावास युएईद्वारा जारी सूचना यस्तो छ:

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...