News Portal

एनआरएनएमा कम्युनिस्टहरुले खोजे कुल आचार्यको साथ

हिमाली संचार संवाददाता
५१३ पटक

कार्तिक ३, २०७६ काठमाडौं : गैर आवसिय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका कुमार पन्तले नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट अध्यक्षमा पराजित कुल आचार्यलाई सल्लाहकारमा नियुक्त गरेका छन्।

संघको नयाँ कार्यसमितिको काठमाडौंमा शनिबार बसेको बैठकले नेपाली कांग्रेस निकटका आचार्यलाई सल्लाहकारमा नियुक्त गरेको हो।

आचार्यसँग संघको सल्लाहकारमा अध्यक्ष पन्तले विभिन्न देशका ११ जनालाई सल्लाहकारमा नियुक्त गरेका छन्। सल्लाहकारमा नियुक्त हुनेमा समाजसेवी तथा उद्यमी अमेरिका निवासी हरिबोल भण्डारी पनि छन्।

संघले विश्व आदर्श पण्डित, जानकी गुरुङ, सोमप्रसाद सापकोटा, रामेश्वर शाह, पुस्कर तिमिल्सिना, सपिला राजभण्डारी, एसी शेर्पा, त्रिलोक गुरुङ र टीबी कार्कीलाई सल्लाहकारमा नियुक्त गरेको छ।

सत्तारुढ नेकपा र नेपाली कांग्रेस निकटका एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेसहितका अन्तरघातीले एनआरएनएको अध्यक्षमा कम्युनिस्ट निकटका कुमार पन्तलाई साथ दिँदा कांग्रेस निकटका कुल आचार्यसहितको अधिकांश टिम पराजित भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...