News Portal

दर्शकको मन जित्न असफल अभिनेत्री प्रियंका

हिमाली संचार संवाददाता
८५६ पटक

१३ अक्टोबर २०१९ मुम्बई : बलिउड अभिनेत्री प्रियंका चोपडा ‘द स्काई इज पिंक’ फिल्मबाट कमब्याक गरेकी थिइन्। यस फिल्मबाट उनले धेरै आशा गरे पनि फिल्मले भने दर्शकको मन जित्न नसकेको समाचार छ।

फरहान अख्तरको समेत मुख्य अभिनय रहेको ‘द स्काई इज पिंक’ शुक्रबारबाट प्रदर्शनमा आएको हो। सन् २०१६ मा प्रदर्शनमा आएको ‘दिल धड्कने दो’ पछि यसै फिल्ममार्फत बलिउडमा कमब्याक गरेकी प्रियंकाको फिल्मले प्रदर्शनको पहिलो दिन मात्र साढे ४ करोडको व्यापार गरेको छ।

भारतीय फिल्म बजारमा प्रियंका र फरहानको अनस्क्रिन टिमअपमा उल्लेखित व्यापार आँकडा निकै कम मानिएको छ।

सोनाली बोसको निर्देशक रहेको फिल्ममा जायरा बसिम, रोहित सर्राफलगायतको मुख्य अभिनय रहेको छ। फिल्म मोटिभेसनल स्पिकर आयशा चौधरीको जीवनकथामा आधारित छ। एजेन्सी

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...