News Portal

बिचौलियाहरु पछिलागे : राजदूत पाण्डे

हिमाली संचार संवाददाता
५२४ पटक

१३ अक्टोबर २०१९ क्वालालम्पुर : अवैध रुपमा मलेसिया बसोबास गर्दै आएका नेपाली नागरिकलाई न्यूनतम खर्चमा सुरक्षितसाथ नेपाल फर्काउने मेरो प्रयाससँग असन्तुष्ट केही बिचौलियाहरुले बद्नाम गराउने दुस्प्रयास गरेका छन्।

यो भनाइ हो मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेको। पाण्डेले शनिबार न्यूज अफ नेपालमा सम्पर्क गरी यसै स्थानमा प्रकाशित समाचारमा प्रतिक्रिया दिंदै सो टिप्पणी गर्नुभएको हो।

अवैध भएर मलेसियामा बसोबास गरेका बिदेशी नागरिकहरुलाई स्वदेश फर्कनका लागि आममाफी कार्यक्रम १ अगष्ट २०१९ देखि संचालनमा आएदेखि नै नेपालीहरु पनि सो आममाफीमार्फत नेपाल फर्कने क्रममा छन् तर, बिचौलियाहरुका लागि त्यस्ता व्यक्तिहरु त्यहीं लुकीछिपी बसे नियमित कमाइ खाने भाँडो हुनेछ।

नेपाली राजदूतावास मार्फत स्वदेश फर्कन चाहने नेपालीहरुलाई एजेन्ट(दलाल) हरुबाट ठगिनबाट जोगिनका निमित्त ट्राभल डकुमेन्ट बनाइदिनुपर्छ। नेपाली राजदूतावासमा १६० मलेसियन रिंगेट बुझाएपछि राजदूतावासले एकतर्फी हवाई यात्रापत्र दिने गर्दछ।

‘हामी राजदूतावासका कर्मचारी नेपाली नागरिकलाई सघाउन यहाँ बसेका हौं, उहाँहरुलाई ठगिनबाट जोगाउनु हाम्रो धर्म हो’ राजदूत पाण्डेले भन्नुभयो– राजदूतावासका कुनै कर्मचारीले अनुचित कार्य गरेको प्रमाण भए म तत्काल कारबाही चलाउनेछु। (नेस)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...