News Portal

अर्याल परिवार नेपाल युएई शाखाले यसरी मनायो बडादशै

हिमाली संचार संवाददाता
५२० पटक

आरपी ढुंगाना,
१२ अक्टोबर २०१९ युएई : युएईमा कार्यरन नेपालीहरुले शुक्रबारे साप्ताहिक बिदाको अवसर पारेर विजया दशमी भव्यताका साथमा मनाएका छन्।

अक्टोबर ११ शुक्रबार युएईका विभिन्न पार्क तथा नेपाली रेस्टुरेन्टहरुमा भेला भएर दशैको टीका तथा जमरा ग्रहण गर्ने, मिठामिठा परिकार खाएर परदेसमै भए पनि दशै मनाएको छ। यसै मेसोमा अर्याल परिवार समाज नेपालको युएई शाखाले युएईमा रहेका अर्याल बन्धुहरुलाई एकै स्थानमा बोलाएर सामुहिक दशै मनाएको छ।

परदेशमा भए पनि आफ्नो परम्परा कायम गर्दै आपसी सद्भाव र भातृत्वको विकास गर्ने उदेश्यले अर्याल परिवार नेपाल, युएई शाखाले बरदुबईको कंचनजंघा रेस्टुरेन्टमा भेला भएर सामुहिक दशै मनाएको अर्याल परिवार नेपाल युएई शाखाका अध्यक्ष कैलाश अर्यालले बताएका छन्।

बिकेटु एसिया च्यानलको नियमित हास्यशृङ्खला बेसारेको मायाजालका व्यवस्थापक समेत रहेका कैलास अर्यालले परदेशमा भएर पनि आफ्नो संस्कृतिलाई जगेर्ना गर्न यस्ता क्रियाकलाप निरन्तर गर्नुपर्ने बताएका छन्।

दशैको उल्लासमय वातावरणलाई थप रमाइलो बनाउन अजमान, डिआइपी, सोनापुर, सिलिकन ओयसिस, सत्वा लगायतका स्थानबाट अर्याल दाजुभाइ तथा दिदीबहिनीको उल्लेख उपस्थिति रहेको नेपाली समाज युएईका महासचिव तथा अर्याल परिवार नेपाल, युएई शाखाका सल्लाहकार वेदप्रसाद अर्यालले जानकारी दिएका छन्।

कार्यक्रमको व्यवस्थापनको मुख्य भुमिका सल्लाहकार अर्यालले लिएको र अध्यक्ष कैलास अर्याल र अर्याल परिवार नेपाल शाखा युएईका सल्लाहकार तथा गुल्मी समाज युएईका पुर्वअध्यक्ष लक्ष्मण अर्यालले सबैलाई टीका, जमरा र आशीर्वाद प्रदान गरेका थिए।

अर्याल परिवार नेपाल युएई शाखाको आयोजनामा पहिलो पटक मनाइएको यस सामुहिक दशै कार्यक्रममा पाल्पाली समाज युएईका कार्यवाहक अध्यक्ष ओमकुमारी खाँड लगायत अन्य आफन्त र मान्यजनहरु उपस्थित भएर आपसमा खुसी साटासाट गर्दै आगामी दिनहरुमा अझै बृहत तरिकाले नेपाली पर्वहरु सामुहिक रुपमा मनाउने प्रतिबद्धता गर्दै दशै मनाइएको छ।

प्रवासको कामको चटारो र बिरानोपनलाई बिर्साएर खुसीको संचार भएको र नेपालमै परिवारकै साथमा बसेर दशै मनाएको अनुभुति भएको कार्यक्रममा सहभागी अर्जुन अर्यालले बताए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...