News Portal

  • झापाली समाज युएईको अक्षयकोष घोषणासभाको तयारी तीब्र, दाताहरुलाई सम्मान गरिने

    हिमाली संचार संवाददाता
    ४७१ पटक

    आरपी ढुंगाना
    १० अक्टोबर २०१९ युएई।


    वैदेशिक रोजगारीको क्रममा युएईमा कार्यरत झापालीहरुको सामाजिक संस्था झापाली समाज युएई असहाय बालबालिकाहरुको लागि अक्षयकोष स्थापना गरेको छ।

    चार वर्षदेखिको यो अभियानले सार्थकता पाएका कारण आगामी असोज २८ गते कनकाई बहुमुखी क्याम्पस, सुरुङगामा झापाली समाज युएईले अक्षयकोष घोषणासभा तथा दाता सम्मान कार्यक्रम आयोजना गरेको कार्यक्रम आयोजक समिति सदस्य तथा प्रचारप्रसार संयोजक प्रदिपकुमार संग्रौलाले बताएका छन्।

    संग्रौलाका अनुसार यो अभियानमा सहयोग गर्ने करिब १३० जति दाता र दाताका प्रतिनिधिहरुलाई सम्मान गरिनेछ।

    कार्यक्रमको लागि पत्राचार, प्रचारप्रसार लगायत धेरै आन्तरिक कामहरु तीव्र रूपमा भइरहेको, कार्यक्रमको सफल व्यवस्थापनका लागि झापाली समाज युएई, नेपाल सम्पर्क समितिका अध्यक्ष जगत लुइँटेलको संयोजकत्वमा एक आयोजक समिति गठन गरिएको उनले बताएका छन् ।

    विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको जानकारी गराउदै झापाको केन्द्रविन्दु पर्ने यस नगरपालिकाको मुख्य सहर सुरुङामा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ।

    जिल्ला प्रसाशन कार्यालय झापामा सामाजिक संस्थाको रुपमा दर्ता रहेको यस सामाजिक संस्था विविध क्रियाकलापमा सहभागी भएर युएईमा रहेका झापालीहरुको आशा र भरोसाको केन्द्र बन्न सफल भएको छ।

    यो समाजले झापामा रहेका गरिव, जेहेन्दार र असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्य लिएर १० लाख नेपाली रुपैयाँको अक्षयकोस स्थापना गर्न लागेको हो।

    लक्ष्य १० लाख नेपाली रुपैयाँको अक्षयकोष भनिए पनि सोही दिन पनि दाताहरूले अक्षयकोषमा रकम हस्तान्तरण गर्ने भएका कारण अक्षयकोषमा संकलित सबै रकम सोही दिन घोषणा हुने अक्षयकोस संकलन समितिका सदस्य दुर्गेस सापकोटाले जानकारी दिएका छन्।

    उक्त घोषणासभा तथा दाता सम्मान कार्यक्रममा उपस्थित भइदिनका लागि झापाली समाज युएईले सबै दाताहरू, आजिवन सदस्यहरु तथा सुभेच्छुहरुलाई अनुरोध गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...