News Portal

साढे २ वर्ष यताकै उच्च विन्दुमा अमेरिकी डलरको भाउ

हिमाली संचार संवाददाता
७०७ पटक

काठमाडौं : अमेरिकी डलरको भाउ साढे २ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ। जपान सरकारले उपाभोक्ता करमा गरेको वृद्धि, तथा अस्ट्रेलियन केन्द्रीय बैंकले ब्याजदरमा कटौति गर्दा ति देशकको मुद्राको भाउ घटेको छ।

युरोपको मुद्राको भाउ यो वर्षकै न्यून विन्दुमा भरेको छ। बुधबार अमेरिकी डलरको भाउ बढेर साढे २ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ। मुद्रा बजारमा आवद्ध प्रमुख मुद्राहरुको तुलनामा डलर सूचक यो साटा बढ्दो क्रममा छ।

मंगलबार यता डलरको भाउ बढेर २९ महिना यताकै उच्च विन्दुमा पुगेको हो। सन २०१७ मे महिना यताकै उच्च विन्दुमा डलरको भाउ पुगेको हो।

विश्वभर सार्वजनिक भएका अधिकांश आर्थिक तथ्याङ्कहरुले अमेरिकी अर्थतन्त्र अन्य मुलुकको भन्दा राम्रो रहेको देखाए पछि अमेरीकी डलरमा वृद्धि भएको हो।

युरोपको म्यानुफ्यक्चरिङ गतिविधिमा ७ वर्ष यताकै कमी देखिएपछि युरोको भाउ घटिरहेको छ। बुधबार डलरको तुलनामा युरो शुन्य दशमलव २ प्रतिशतले घटेको छ।

युरो यो वर्षकै न्यून विन्दुमा झरेको छ। त्यस्तै युरोपेली शेयर बजारमा पनि सुस्तता आउने आकलन विश्लेषकहरुले गरेका छन्।

जपान सरकारले उपभोक्ता करमा गरेको वृद्धि, अस्ट्रेलियाको केन्द्रीय बैंकले ब्याजदरमा गरेको कटौति लगायतले पनि ति मुलुकका मुद्राको भाउ घटेको बताइएको छ। त्यस्तै डलर बलियो बन्दै गएपछि अन्य ठुला मुलुकका मुद्रहरु पनि घटेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...