News Portal

  • सुदुरपश्चिमेली नेपाली समाज कुबेतकाे अध्यक्षमा निरुमाया खड्का

    हिमाली संचार संवाददाता
    ५३७ पटक

    २१ सेप्टेम्बर २०१९ कुवेत : सुदुरपश्चिमेली नेपाली समाज कुबेतको वार्षिकोत्वस तथा अधिबेशन सांगितिक धमाका लागि सुदुरपश्चिमेली मूल नाराका साथ कुवेतमा स्थापित संस्था दोस्रो वार्षिकोत्वस तथा प्रथम अधिबेशन साथै बृहत साँस्कृतिक कार्यक्रम कुवेतको हवालीस्थित बोय स्काउट थियटरहलमा अतिथि कलाकारहरु नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बम साथमा स्थानिय चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिको साथ आफनो दोस्रो वार्षिकोत्वस तथा प्रथम अधिबेशनले अध्यक्षमा निरुमाया खड्कालाई चयन गर्दै सम्पन्न भएको छ।

    अध्यक्ष अमर खड्का सभापतित्वमा गरिएको कार्यक्रममा उद्घाटन कार्यक्रमका सभापति प्रमुख अतिथी बिशेष अतिथीले सामुहिक रुपमा केक काटेर पानसमा दिप प्रज्वलन गरिएको उक्त कार्यक्रमलाई औपचारिक रूपमा सुरेश गयाबा तामाङले संचालन गरेका थिए ।

    समाजको कोषअध्यक्ष निरुमाया खड्का स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेको थियो। कार्यक्रमको प्रमुख अतिथि राजदुत दुर्गा प्रसाद भण्डारी,बिशेष अतिथि एनआरएनए अध्यक्ष सुजन केसी, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने,सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रतिनिधी, लगायत कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

    सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था सुदूरपश्चिम सेवा समाज कुबेतको आफनो दोस्रो वार्षिकोत्वस तथा प्रथम अधिबेशन साथै बृहत साँस्कृतिक कार्यक्रमलाई कार्यक्रमको प्रमुख अतिथि राजदुत दुर्गा प्रसाद भण्डारी, बिशेषअतिथि नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रतिनिधी, एनआरएनए अध्यक्ष सुजन केसीले शुभकामना मन्तब्य राखेका थिए।

    बृहत सांगीतिक कार्यक्रमलाई थप मनोरन्जन पार्नको लागि कुबेतका स्थानीय चर्चित कलाकारहरु नेपाली संगितको दुनियाँमा प्रबासबाटै उदयमान भएका चर्चित लोक पप तथा लोक दोहोरी गायक बिबि मल्ल ठकुरीले आफ्नो नयाँ पुरनो चर्चित गीत साथै देउडा पनि गीत गाएर उपस्थीती दर्शकहरुलाई नचाएका थिए।

    भने कुबेतको हर स्टेजहरुमा साँस्कृतिक कार्यक्रममा आफ्नो धमाकेदार नृत्य प्रस्तुती दिएर आफ्नो नाम सफल बनाउन नृत्यकलाकारहरु नेहा राई, श्याम बिसी, साबित्रा गैरे, नबराज भट्ट, गिता बिश्वकर्मा त्यस्तै गरी डान्सर हाँस्य कमेडी कलाकार अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा अध्यक्ष सोम रसाईली, विगत केही बर्ष देखि कुवेतलाई आफ्नो कर्म थलो बनाउदै आएका धेरै गीतहरुमा मोडेल गर्नु भएको बिजय ठकुरीको हाँस्य कमेडी नृत्यले उपस्थित पाहुनाहरुलाई भरिपुर्ण मनोरन्जन प्रदान गरेको थियो।

    सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था सुदुरपश्चिमेली सेवा ससमाज कुबेतको आफनो दोस्रो वार्षिकोत्वस तथा प्रथम अधिबेशनले अध्यक्षमा निरुमाया खड्काको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरिएको थियो।

    कार्यक्रममा नेपालबाट पल्नु भएका अतिथि कलाकार चक्र बम भने पछी कस्ले पो नचिहाल्न र धेरै भन्दा धेरै संगीत भिडियोमा अभिनय गर्नु भएका नेपाली सांगीतिक बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा एकदमै ब्यस्त चर्चित पप तथा मोडल रक गयाक चक्र बमको सांगीतिक प्रस्तुति हेर्नका लागि कुवेतवासी नेपालीहरु प्रतिक्षामा थिए ।

    कार्यक्रम हल खचा-खच भरियको थियो। गायक बम मंच उक्लिए,दर्शक दीर्घाबाट हो हल्ला ताली वर्षियोको थियो। बमले आफ्नो नयाँँ पुराना गीतहरु मेरी माया पट्पटानी, तनाब भाकोछ, डोटीको बैकमा, खेल मेरी दर्कदरी, चुगाइम पडकन्य दरु साडकयनु जस्ता दर्जनौ चर्चित गीतहरु गएर हलमा उपस्थीती दर्शकहरुलाई नचाएको थियो। दर्शकले अन्त्यसम्म ‘वान्स मोर, वान्स मोर’ भनि नै रहे।

    नेपाल आईडल २ का विजेता रबी ओड

    नेपालको एक मात्र रियालिटी शो नेपाल आईडलबाट सफल नव गायक नेपाल आईडल २ का विजेता रबी ओड, देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक रबी ओडको क्रेज दर्शकको साथ शुरुदेखी अन्त्यसम्म पनि बराबर साथ पाइरहनु भयो ।

    अमीलो रातैले, लौ झिल्केले,जोसो गर जे गर मन त मेरो नेपाली, खेला डेउडा, मिठो बोलीले,दुइे कौडिको बुड्ढी,दिलको फ्रेममा,जस्ता र्जन भन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेर उपस्थीती दर्शकहरु सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो।

    कार्यक्रमका अन्त्यमा सभापति तथा सुदुरपश्चिमेली नेपाली समाज कुवेतले प्रमुख अतिथि, विशेष अतिथि,अतिथिहरु नेपाल बाट पल्नु भएका अतिथि कलाकारहरु कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रतक्षरुपमा आर्थिक,भौतिक,नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघसंस्था, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार,पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग
    कार्यक्रम समापनको घोषणा गरेका थिए।

    संस्थाको नयाँ कार्यसमिति
    अध्यक्ष = निरु माया खड्का
    वरिष्ठ उपाधक्ष्य= भिम रावत
    उपाध्यक्ष =धर्म रावत
    महासचिव = मानबहादुर बलायर
    सचिव= गगन विष्ट
    कोषाध्यक्ष = कालुसिंह बुढा
    सहा कोषाध्यक्ष = हेमराज न्यौपाने

    सदस्यहरु:
    गणेश चन्द
    कालु नगरी
    महेस जाेशी
    घनश्याम भट्ट
    गणेश ताम्रकार
    गोविन्द अाउती
    भण्डारी महेशकुमार
    सिद्ध भण्डारी
    महेस कुमार
    नमराज भट्ट
    मदन चन्द
    विजय अाउती
    गीता राना भट्ट
    कुमारी देवी बोहरा
    अमर खड्का
    नवराज धामी
    सरिता रोकाया
    चक्रबहादुर चलाउनी
    जग बहादुर खत्री

    प्रमुख अभियान्ता तथा संरक्षक
    अमर खडका

    संरक्षक
    राजन बम
    विकाससिंह

    सल्लाहकार
    पुष्कर धामी
    पुष्कर खडका

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२३ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २३ गते आइतबार इश्वी सन २०२४ मे ५...

    आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४...

    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    बैशाख-२१, शुक्रबार/काठमाडौं –  नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा...

    दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

    बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि...

    रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

    बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal