News Portal

पहिलोपटक बुर्ज खलिफामा नेपाली झण्डा झलमलायो

हिमाली संचार संवाददाता
८६९ पटक

२० युएई, २०१९ सेप्टेम्बर : नेपालको संविधान दिवसका अवसरमा संयुक्त अरब इमिरेट्स(यूएई)को दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा झलमलाइएको(लाइट अप) छ।

स्थानीय समयानुसार राती ९ः१० बजे बुर्ज खलिफामा नेपाली झण्डा झलमल्याइएको हो।

युएईस्थित नेपाली राजदूताबासका अनुसार संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समयानुसार शुक्रबार राती ९ः१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा पहिलोपटक झलमलाइएको हो।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। हरेक वर्ष असोज तीनलाई संविधान र राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।

प्रकाशित मिति : शुक्रवार ३ असोज २०७६

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...