News Portal

पहिलोपटक बुर्ज खलिफामा नेपाली झण्डा झलमलायो

हिमाली संचार संवाददाता
८०७ पटक

२० युएई, २०१९ सेप्टेम्बर : नेपालको संविधान दिवसका अवसरमा संयुक्त अरब इमिरेट्स(यूएई)को दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा झलमलाइएको(लाइट अप) छ।

स्थानीय समयानुसार राती ९ः१० बजे बुर्ज खलिफामा नेपाली झण्डा झलमल्याइएको हो।

युएईस्थित नेपाली राजदूताबासका अनुसार संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समयानुसार शुक्रबार राती ९ः१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा पहिलोपटक झलमलाइएको हो।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। हरेक वर्ष असोज तीनलाई संविधान र राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।

प्रकाशित मिति : शुक्रवार ३ असोज २०७६

प्रतिकृया दिनुहोस्

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...