News Portal

सांगितिक धमका मच्चाउन कुवेत आईपुगे रबि ओड र चक्र बम

हिमाली संचार डटकम
७८७ पटक
कमल सिंह ठकुरी

१९ सेप्टेम्बर २०१९ कुवेत : नेपाल आईडल सिजन-२ का गायक रबि ओड र पप गायक तथा मोडल चक्र बम बुधबार कुवेत आईपुगेका छन।

सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा आयोजित “बृहत सांगितिक धमका” का लागी आफ्नो प्रस्तुति दिन गायकहरुद्वय ओड र बम कुवेत आएका हुन।

समाजले आफ्नो दोस्रो वार्षिकोत्सब तथा प्रथम अधिवेशनको साथ सांगीतिक धमाका २०१९ कार्यक्रमको आयोजना गरेर नेपालबाट अतिथि कलाकारहरु बोलाएको हो।

कुवेतको स्थानीय समयानुसार बेलुकी ७:५० बजे अन्तर्राष्ट्रिय बिमानस्थलमा उनिहरुलाई यहाँस्थित विभिन्न समाजका प्रतिनिधि, बुद्धिजीवी, कलाकार, पत्रकार र खेलाडी लगायत सोही समाजका पदाधिकारीहरुले भब्य स्वागत गरेका थिए।

साथै संस्थाका अध्यक्ष अमर खड्काले हवालीस्थित ब्वाईज स्काउट एसोसिएसन हलमा शुक्रबार आयोजना गरिएको सांगीतिक धमका सफल पारिदिन कुवेतस्थित नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लगायत समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, खेलाडीहरु सबैमा उपस्थितिका लागि अनुरोध समेत गरेका छन।

सो सांगितिक कार्यक्रममा लोक पप गायक बिबि मल्ल ठकुरी, नेहा राई लगायत कुवेतका अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक बिकाश सिंहले हिमालीसंचार डटकमलाई जानकारी दिए।

कार्यक्रम हुने :

समय : ११ बजे
मिति : २० सेप्टेम्बर २०१९ शुक्रबार
स्थान : ब्वाइज स्काउट एसोसिएसन हल हवाली
आयोजक : सुदुरपश्चिमेली नेपाली समाज कुवेत।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...