News Portal

सुदुरपश्चिमेली नेपाली समाजकाे दोस्रो वार्षिकोत्सबकाे तयारी पूरा

हिमाली संचार संवाददाता
१०१० पटक

कुवेत, ११ सेप्टेम्बर २०१९ : सुदुरपश्चिमेली नेपाली समाज कुवेतकाे दोस्रो वार्षिकोत्सब तथा पहिलाे अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको समाज अध्यक्ष अमर खड्काले हिमालीसंचार डटकमलाई जानकारी दिए।

सो समाजकाे दोस्रो वार्षिकोत्सब तथा पहिलाे अधिवेशन आउदो २० सेप्टेम्बर २०१९ मा कुवेतस्थित ब्वाइज स्काउट एसोसिएसन हल हवालीमा आयोजना गरिएको छ।

नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमको साथमा बृहत सांगीतिक धमाका हुनेछ।

‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’ भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्थाले विभिन्न सामाजिक कार्यमा क्रियाशील रहदै आएको र यस २० सेप्टेम्बर २०१९ मा हुने भनिएको यो बृहत साँस्कृतिक कार्यक्रमबाट भएको आम्दानीलाई सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सामाजिक सेवाका कार्यहरुमा नै खर्च गरिने अध्यक्ष खड्काले बताए।

उक्त साँस्कृतिक धमाकामा आफ्नो गरिमामय उपस्थिति जनाई कार्यक्रम भव्यरुपमा सफल बनाउन कुवेतमा क्रियाशील सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आयोजकले अनुरोध गरेकाे छ।

तपशिल :

मिति : २० सेप्टेम्बर २०१९

समय : बिहान ११ बजे

स्थान : ब्वाइज स्काउट एसोसिएसन हल, हवाली

आयोजक : सुदुरपश्चिमेली नेपाली समाज, कुवेत।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...