News Portal

रुसमा एक नेपाली युवाको हत्या

हिमाली संचार संवाददाता
८८९ पटक

रुस, ८ सेप्टेम्बर : वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा हत्या भएको छ। तिन जनाको संख्यामा रहेको लुटेराको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका ३ का धुब्रकुमार अहिरका २६ बर्षे छोरा राजकुमार यादवको हत्या गरेका हुन्।

गत मंगलबार बिहान करिब साढे दुई बजे हत्या भएको हो। मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा अज्ञात लुटेराहरूले हातपात गरी मरणासन्न हुने गरी छोडेका थिए।

उनलाई छड आकारमा रहेका धारिलो हतियारले प्रहार गरेका थिए। उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको आफूहरुलाई रुसबाट जानकारी आएको मृतकका भाई श्याम कुमार यादवले जानकारी दिएको नागरिक दैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...