News Portal

कुवेत र नेपाल बिचको खेल भाेलि साँझ कैफान स्टुडियममा हुने

हिमाली संचार संवाददाता
७६६ पटक

कुवेत – फिफा विश्वकपको छनौट खेल भाेलि बिहीबार नेपालले कुवेतसंग कुवेतको कैफान स्टुडियममा कुवेतको स्थानिय समय अनुसार साँझ ७:४५ बजेदेखि प्रतिस्पर्धा गर्नेछन। उक्त खेलमा खेलाडिहरुलाई हौसला प्रदान गर्न कुवेतमा हुनुहुने सम्पुर्ण खेलप्रेमी नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

कुवेत सिटिबाट खेलमैदान सम्म जान अाउनकाे लागि यातयातकाे व्यवस्था भएको गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) जनाएको छ ।

नेपालका विभिन्न जातिय तथा सांस्कृतिक संस्थाहरुले आ आफ्नो जातिय पोषक र आफ्नो संस्थामा भएका नेपाली बाजाहरु जस्तै: ढोल, झ्याम्टा, मादल, डम्फु, नर्सिंगा, नेपाली झन्डाहरु लगाएतका बाजागाजाहरुसहित उपस्थित हुने रहेको छ। सोही निर्णयानुसार कुवेतमा कृयाशिल सबै संघ संस्था, तथा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उपस्तिथित हुनुहुन एन आर एन ए कुवेत हार्दिक अनुरोध गर्दछौँ।

खेल मैदान सबैलाइ जानकारी नभएकोले गर्दा एन आर एन ए कुवेतले कुवेतसिटी मालियाबाट खेल मैदानसम्मका लागि थुप्रै यातायातका साधानहरु ब्यबस्था गरेको समेत यहाँहरुलाइ जानकारी गराउँदछौँ। यातायात भोलि ५ सेप्टेम्बर ६:३० बजेदेखी ८ बजेसम्म खेलमैदान ओहोरदोहोर गरिरहने जानकारी गराउन चहान्छौँ। यातायातका साधान मालियाको पानासोनिक टावरको पछाडी खाली पार्किङबाट लाग्ने र के एफ आसपास र अपोजिट साइडमा एन आर एन ए कुवेतका पदाधिकारिहरु समेत रहने भएकोले कृपया वहाँहरुलाई सम्पर्क पनि गर्न सक्नुहुनेछ।

यो अन्तर्राष्ट्रिय स्तरको खेल हो। यस खेलमा सामिल कुवेती खेलाडिहरु र नेपाली खेलाडिहरु राष्ट्रका गहनाहरु हुन। राष्ट्रका गहनाहरुलाइ कुवेत सरकारले उच्च सेवा सुविधा र सुरक्षा नीति अपनाएको कारण खेल मैदान वरपर कुवेत पुलिसको निगरानी रहने जानकारी गराउँदै मादक पदर्थ सेवन तथा लिएर जाने वा उछृङखल कृयाकलाप नगर्नहुन सबै दर्शकबृन्दहरुमा हार्दिक अनुरोध गर्दछौं।

कुवेत फुटबल एसोसिएसनका पदाधिकारीहरु र कुवेत पुलिस गेटमा रहनेछन। टिकट उनिहरुले नै बेच्नेछन। इमान्दारीता पुर्वक टिकट लिइ खेल हेर्दै समर्थन गर्नुभइ रास्ट्र र राष्ट्रीयताको सम्मान गर्नुहुन सबैमा हार्दिक अनुरोध गरिएको छ।

टिकट दर १,२,३ के डि दिनारकाे हिसावले राखिएको छ। नेपालिहरुकाे लागि ।

भोलि हुने कुवेत र नेपाल बिचकाे खेलडीहरु

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिपेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनिल बल, रवि पासवान, अन्जन विस्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ,विक्रम लामा, तेज तामाङ, सन्तोस तामाङ, विशाल राई, रोहित चन्द
फरवार्ड : विमल घर्तीमगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...