News Portal

कुवेतमा गायिका पुर्णकला बिसीले यसरी छमछमी नचाईन

हिमाली संचार संवाददाता
९१५ पटक

कुवेत, १ सेप्टेम्बर : नेपाल कुवेत साँस्कृतिक मंन्च कुबेतले आयोजना गरेको १९ औं तीज बिशेष साँस्कृतिक कार्यक्रम कुवेतमा भब्यताका सम्पन्न भएको छ। गत शुक्रबार कुबेतको जिलिबस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा सो कार्यक्रमको आयोजना गरिएको थियोे।

उक्त कार्यक्रममा प्रमुख अतिथि कुवेतका लागि महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी र अतिथि कलाकार पुर्णकला बिसिलाई लालीगुराँस संस्कृतिक मंन्च कुवेतका कलाकारहरुले भब्यताका स्वागत गरेर हल प्रवेश गराएका थिए।

कार्यक्रममा प्रमुख अतिथि कुवेतका लागि महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी र बिशेष अतिथिहरु नेपाली राजदुतावास कुवेतकी सहचारी यशोदा अधिकारी, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष सुजन केसी, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, गैरआवासीय नेपाली संघ आइसीसी सदस्य अमित राई लगायत कुवेतमा क्रियाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

“हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चको १९ औं साँस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथी बिशेष अतिथीद्वारा सामुहिक रुपमा पानसमा दिप प्रज्वलन गरिएको थियोे।

मंन्चको बरिष्ट संरक्षक टिकाराम आचार्यले स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए भने मंन्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई औपचारिक रूपमा लोकगायक माधव शर्माले संचालन गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथि महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी, बिशेष अतिथि राजदुतावास कुवेतकी सहचारी यशोदा अधिकारी, एनआरएनए अध्यक्ष सुजन केसी, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, मंन्चका सल्लाहकार सुमित्रा देबि पौडेल, एनआरएनएकि महिला संयोजक रमिता योञ्जन लगायतले शुभकामना मन्तब्य राखेका थिए।

उक्त कार्यक्रममा अतिथि कलाकार चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला बिसी र कुवेतका स्थानीय कलाकारहरु माधव शर्मा, कृष्ण सुनार, बिमल श्रेष्ठ, सुजल कार्की, बसन्त परियार, पुर्णिामा बुढामगर, रोशन राई, बिमल तामाङ, नेहा राई, राज स्याङ्बो, श्याम बिसी, साबित्रा गैरे, प्रकाश गुरुङ, अन्जली भुजेल, सन्ध्या सिजाली मगरको नृत्य तथा गायनद्वारा धमाकेदार प्रस्तुतीले कार्यक्रममा उपस्थित महानुभावहरुले थप मनोरन्जन लिएका थिए।

१९ औं प्रस्तुति तीज साँस्कृतिक कार्यक्रमको अतिथि कलाकार नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरकि धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित लोक दोहोरी गायिका पुर्णकला बिसीले श्रोताहरुको सर्वाधिक रोजाइमा पर्ने लोकप्रिय गायिकाले आफ्नो नयाँ पुराना गीतहरु “रहरै उर्लेर आयो, आइ लभ यू, हरिया चुरा, बिशालबजारको सारी, हङकङको सारी, नाच मेरो काली, हेर्ने ओइ पुताली नाचेको, भाचिदेउ कम्मर, दिदीभाई, चेलीको आँसु, काँकरीको अचार, माईती घर, पोखरा जाम घुम्न, बजाईदेउ मादलु, सुन मेरो राजा, भेनाको रुपैले” जस्ता दर्जनौ चर्चित गीतहरु गाएर हलमा उपस्थित दर्शकहरुलाई छमछमी नचाएकी थिइन।

मंन्चले विशेष योगदान गरेका ब्यक्तित्वहरु नेपालबाट पल्नु भएका अतिथी कलाकार चर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी साथै कार्यक्रमलाई मुख्य प्रायोजन(BEC Exchange) कार्यक्रमलाई सहयोग गर्ने सहयोगी कार्यक्रममा प्रस्तु गर्नु हुने कलाकारहरुलाई दोसल्ला ओढाएर मायाको चिनो स्वरूप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो। आयोजक नेपाल कुवेत सास्कृतिक मञ्चले अचार शहित दरको ब्याबस्था गरेको थियो भने उपस्थित सबैलाई पिउने पानीको ब्याब्स्था गरेको थियो ।

कार्यक्रमका अन्त्यमा सभापति तथा मन्चका अध्यक्ष गोबिन्द बरालले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु नेपालबाट पल्नु भएका अतिथि कलाकार कार्यक्रममा उपस्थिति जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघसंस्था, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि नेपाल कुवेत साँस्कृतिक मंन्चबाट आयोजना हुने हरेक गतिविधिहरुमा यसरी नै सहयोग रहने अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।

कार्यक्रमका थप तस्बिर तथा भिडियो हेर्नका लागि हिमाली संचार डटकमको फेसबुक पेजमा हेर्नुहोला।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...