News Portal

नेपाली राष्ट्रिय फुटबल टिम आइतबार दिउँसो कुवेत अाइपुग्दै

हिमाली संचार संवाददाता
८६६ पटक

कुवेत, ३१ अगस्ट : सन २०२२ मा कतारमा अायोजना हुने विश्वकप फुटबल छनाेट चरणको खेलको लागि नेपालको राष्ट्रिय फुटबल टिम आइतबार दिउँसो १४ः२० बजे कुवेत अाइपुग्दैछ।

नेपाली राष्ट्रिय फुटबल टोली फ्लाइ दुबइको उडानबाट आइतबार दिउँसो कुवेत अवतरण हुने भएकोले सम्पुर्ण कुवेतमा कृयाशिल संघ-सँस्था, समाजसेवी, वुद्धिजीवि, पत्रकार, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ राष्ट्रिय खेलाडीहरूको टोलीलाइ स्वागत गर्न कुवेतको सुभानस्थित सेखसाद विमानस्थल टर्मिनल ३ मा उपस्थित भइदिनुहुन गैरआवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कुवेतले अनुरोध छ।

नेपाली टिमले आगामी सेप्टेम्बर ५ तारिखको दिन विश्वकप फुटबल २०२२ को छनोटको पहिलो खेल कुवेतको कैफानस्थित स्पोर्टिङ क्लवमा साँझ ७:४५ बजे कुवेतसँग खेल्ने भएको छ।

नेपालले विश्वकप छनाेट खेल अन्तर्गत कुवेत, जोर्डन, ताइवान लगायतका मुलुकसँग फुटबल खेल खेल्नेछ र छनाेट चरणमा विजयी भएमा सन २०२२ मा कतारमा अायोजना हुने विश्वकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

यसै छनाेट खेलसँग सम्बन्धित रहेर गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपाली फुटबल टोली र फुटबल एसोसिएशन कुवेतसंग समन्वय गरिरहेको छ भने देशको स्वभिमान र गौरव संग जोडिएको नेपाली फुटबल खेलाडीहरुलाई मैदानमा हौसला प्रदान गर्नको लागी धेरै भन्दा धेरै नेपालीहरुलाइ कसरी उपस्थित गराउन सकिन्छ भन्ने विषयमा कुवेतमा क्रियाशिल संघसंस्था, मिडिया साथै समाजका अग्रजहरु,अभियन्ताहरु सँग हिँजो एक विशेष छलफल पनि सम्पन्न गरेको छ।

खेल हेर्न जाने नेपाली दर्शकहरूको सुविधालाइ ध्यानमा राखी मालियाबाट खेल मैदानसम्मको लागि यातायातको ब्यवस्था गर्ने जनाउँदै नेपालको गाैरबसँग जोडिएको यो खेलकुदमा जति सक्दो धेरै नेपालीहरूको उपस्थितिको लागि कुवेतमा कृयाशिल संघसंस्था तथा अभियन्ताहरूले एेक्यवद्धता जनाएका छन्।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...