News Portal

सुर्खेतका पुस्कर परियारलाई जनसम्पर्क समिति युएईले गर्‍यो उद्वार

हिमाली संचार संवाददाता
१०५० पटक

आरपी सहयात्री
युएई, ३० अगस्ट : वैदेशिक रोजगारीको क्रममा युएईमा अलपत्र अवस्थामा रहेका सुर्खेतका पुस्कर परियारलाई नेपाली कांग्रेसको वैदेशिक सम्पर्क शाखा नेपाली जनसम्पर्क समितिले उद्वार गरी नेपाल फर्काएको छ। आफ्नो साथमा रहेको पासपोर्ट हराएका परियार विगत ३ महिनादेखि अलपत्र परेको अवस्थामा पार्कमा सुतेर दिन काटेर बसेका थिए।

नेपाली जनसम्पर्क समितिका पदाधिकारीले पार्कबाट उठाएर नेपाली दूतावासको सम्पर्कमा लगेर उद्दार प्रक्रिया थालेको युएईका सामाजिक अभियन्ता तथा नेपाली जनसम्पर्क समिति, अबुधाबी क्षेत्रीय सभापति दुर्योधन कार्कीले जानकारी दिए।

कार्कीका अनुसार परियारको नेपाल फिर्तीको लागि आवस्यक रकम करिब २ हजार दिराम (नेपाली ६२ हजार रुपैयाँ)पनि नेपाली जनसम्पर्क समितिले जुटाएको थियो भने परियार २९ अगस्टको हिमालयन एयरलाइन्सबाट नेपाल फर्किसकेका छन्।

उद्वार काममा सहयोग गर्ने नेपाली जनसम्पर्क समिति युएई, ग्रीनलाइन ट्राभलका संचालक ठाकुर ढुङ्गाना, अमृत कुबर, नरेन्द्र बेलबासे, कृष्ण गौतम, निर्मल पोखरेल, सुमन पराजुली, फडिन्द्र दाहालले विशेष सहयोग गरेको एनआरएनए आरसीसीका अबुधाबीका निवर्तमान अध्यक्ष समेत रहेका कार्कीले बताए।

परियारको नेपाल फिर्तीका लागि प्रसाशनिक कार्यमा सहयोग गर्ने नेपाली राजदूतवास, अबुधाबीका श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रम सहचारी मोतिराम भुसाल लगायत दूतावास टिमलाई नेपाली श्रमिकको समस्यालाई समाधान गर्न योगदान गरेकोमा नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानी तिमिल्सिनाले आभार प्रकट गरेका छन्।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...