News Portal

तिज बिशेष कार्यक्रमको तयारी पुरा, पुर्णकला बिसीले धमाका मच्चाउदै

हिमाली संचार संवाददाता
११३५ पटक

कुवेत, २९ अगस्ट : हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तिज बिशेष कार्यक्रमको तयारी पूरा भएको नेपाल कुवेत साँस्कृतिक मन्च कुवेतका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन।

साँस्कृतिक मन्च कुवेतको आयोजनामा भोलि ३० अगष्ट २०१९ शुक्रबारका दिन हुन गइरहेको हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तिज बिशेष कार्यक्रमका लागि चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला बिसीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा साँस्कृतिक मन्चका पदाधिकारी लगायत कुवेतबासी नेपालीहरुले बुधबार भब्य स्वागत गरेका थिए।

गायिका बिसिले स्वर दिएका थुप्रै लोक तथा दोहोरी गीतहरु लगायत तिजका गीतहरु आम दर्शक श्रोताहरुको मनमुटु छुन सफल छन।

साँस्कृतिक मन्च कुवेतले आयोजना गरेको भोलि हुने १९ औं सांस्कृतिक कार्यक्रम तथा नेपाली नारिहरुको महान पर्व हरितालिका तिज बिशेष कार्यक्रमलाई सफल बनाउनको निम्ति कुवेतमा रहेका क्रियाशिल संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै कुवेतबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि साँस्कृतिक मन्चले अनुरोध समेत गरेको छ।

तपशिल :

कार्यक्रम : १९ औँ सांगीतिक धमाका(हरितालिका तिज कार्यक्रम)
मिति : ३० अगष्ट २०१९, शुक्रबार
समय : दिउँसो १२ बजे
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
आयोजक : नेपाल कुवेत साँस्कृतिक मन्च, कुवेत।

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...