News Portal

त्रिविमा हुने राजनीतिक नियुक्ति विरुद्धमा नेवि संघद्वारा हस्ताक्षर संकलन शुरु

हिमाली संचार संवाददाता
८४४ पटक

काठमाडौं, २४ साउन : त्रिविमा हुने राजनीतिक नियुक्ति तथा हस्तक्षेपको विरुद्धमा नेपाल विद्यार्थी संघले हस्ताक्षर संकलन अभियान शुरु गरेको आज पाचौं दिन भैसकेको छ। त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागवण्डा तथा राजनीतिक हस्तक्षेपको विरुद्धमा नेपाल विद्यार्थी संघले हस्ताक्षर संकलन गरि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई चाडै बुझाउदैछ।

आजसम्म १६ सय हस्ताक्षर पुगेसकेको छ । विश्वविद्यालयका अहिलेसम्म राजनैतिक भाग मात्र भैरहेको छ। यो भागबण्डाको अन्त्य गर्नुपर्ने भन्दै हस्ताक्षर संकलन सङ्सङै नारा तथा व्यानरसहित विरोध समेत गरेका हुन ।

त्रिवि लगायत देशभरिका विश्वविद्यालयहरुमा भईरहेको यस्ता अनावश्यक भागबण्डा तथा नियुक्ति खारेज गरी योग्यता, क्षमता तथा दक्षताको आधारमा नियुक्ति गर्नुपर्ने विद्यार्थीको माग रहेको छ।

यदि पुरानै प्रविती रहिरहेमा र अबका पदाधिकारी समेत भागभण्डाको आधारमा नियुत्त गरे उनिहरुलाई विश्वविद्यालयमा प्रवेश गर्न नदिने र कडा रूपमा सडकमा उत्रिन बाध्य हुने कुरा अभियानका संयोजक तथा नेवि संघ त्रिविका नेता श्याम राज ओझाले जानकारी दिनुभयो।

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुन नपाउने भनी यसभन्दा अगाडी माइतीघर मण्डला बिरोध पनि गरिएको थियो। अब विश्वविद्यालय स्वायत्त निकाय हुनुपर्ने र पदाधिकारी छ्नोटका लागि स्वयत्त आयोग गठन गर्नुपर्ने माग ने.बि.संघको रहेको विद्यार्थी नेता गणेशमान सिंहले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...