News Portal

त्रिविमा हुने राजनीतिक नियुक्ति विरुद्धमा नेवि संघद्वारा हस्ताक्षर संकलन शुरु

हिमाली संचार संवाददाता
८७० पटक

काठमाडौं, २४ साउन : त्रिविमा हुने राजनीतिक नियुक्ति तथा हस्तक्षेपको विरुद्धमा नेपाल विद्यार्थी संघले हस्ताक्षर संकलन अभियान शुरु गरेको आज पाचौं दिन भैसकेको छ। त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागवण्डा तथा राजनीतिक हस्तक्षेपको विरुद्धमा नेपाल विद्यार्थी संघले हस्ताक्षर संकलन गरि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई चाडै बुझाउदैछ।

आजसम्म १६ सय हस्ताक्षर पुगेसकेको छ । विश्वविद्यालयका अहिलेसम्म राजनैतिक भाग मात्र भैरहेको छ। यो भागबण्डाको अन्त्य गर्नुपर्ने भन्दै हस्ताक्षर संकलन सङ्सङै नारा तथा व्यानरसहित विरोध समेत गरेका हुन ।

त्रिवि लगायत देशभरिका विश्वविद्यालयहरुमा भईरहेको यस्ता अनावश्यक भागबण्डा तथा नियुक्ति खारेज गरी योग्यता, क्षमता तथा दक्षताको आधारमा नियुक्ति गर्नुपर्ने विद्यार्थीको माग रहेको छ।

यदि पुरानै प्रविती रहिरहेमा र अबका पदाधिकारी समेत भागभण्डाको आधारमा नियुत्त गरे उनिहरुलाई विश्वविद्यालयमा प्रवेश गर्न नदिने र कडा रूपमा सडकमा उत्रिन बाध्य हुने कुरा अभियानका संयोजक तथा नेवि संघ त्रिविका नेता श्याम राज ओझाले जानकारी दिनुभयो।

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुन नपाउने भनी यसभन्दा अगाडी माइतीघर मण्डला बिरोध पनि गरिएको थियो। अब विश्वविद्यालय स्वायत्त निकाय हुनुपर्ने र पदाधिकारी छ्नोटका लागि स्वयत्त आयोग गठन गर्नुपर्ने माग ने.बि.संघको रहेको विद्यार्थी नेता गणेशमान सिंहले बताए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...